• काेसिस न्यूज
  • बीपी राजमार्गमा आजदेखि रातिमा गाडी चलाउन रोक


    रामेछाप – बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोककाे काभ्रे भञ्ज्याङ देखि नेपालथाेकसम्म  सडक खण्डमा आज (साउन १) गतेदेखि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) सवारीसाधन चलाउन रोक लगाइएको हो । मनसुन सक्रिय रहेकाे र विपद्जन्य घटना हुनसक्ने भएकाे भन्दै असार ३१ गते बसेको काभ्रेको सुरक्षा समितिकाे बैठकले साउन १देखि महिनासम्म रातिकाे समयमा सवारीसाधन चलाउन नदिने निर्णय गरेको हाे  ।

    यसअघि असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाकाे सुरक्षा समितिकाे संयुक्त बैठकले बीपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो ।

    गत वर्ष असोज १२ गतेकाे बाढीका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथाेक सम्मकाे सडकमा क्षेति पुगेकाे थियाे ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस