रामेछापको रामपुरमा जिल्ला अदालतद्वारा न्यायिक बाह्य पहुँच कार्यक्रम संचालन
रामेछाप – रामेछाप नगरपालिका ५ रामपुरमा जिल्ला अदालत रामेछापले आइतबार समुदायमा केन्द्रित न्यायिक बाह्य पहुँच कार्यक्रम संचालन गरेकाे छ ।
कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले सहभागीहरुकाे जिज्ञासा तथा समस्याहरुकाे सम्बाेधन गर्दै कानुनी उपचारका बारेमा जानकारी दिए । अदालतमा अधिकांश पारिवारिक विखण्डनका समस्या आउने गरेकाे उल्लेख गर्दै न्यायाधीश नेपालले भने परिवारका सदस्यहरुबीच हुने मनमुटाव र बेमेलका विषयमा पारिवारिक रुपमा नै समस्या सिर्जना हुनासाथ समधान गर्न लाग्नुपर्ने बताए । यसरी समयमै समस्या समाधान हुन नसक्दा मुद्दाकाे रुपमा जाने र पारिवारिक विखण्डन बड्ने गरेकाे पाइएकाे जानकारी दिए । साथै पछिल्लो समय बालबालिकाहरु कुलतमा फस्ने समस्या देखिएकाले सबैले आ- आफ्नाे बालबालिकाहरु का जान्छन्, के गर्छन् , उनिहरुकाे बानि व्यवहार कस्ताे किसिमकाे छ ,त्यसकाे निगरानी गर्ने र उनिहरुलाई कुलतमा लाग्नबाट बचाउनु पर्ने बताए ।
यसैगरी कुनैपनि अन्यायमा परेका नागरिकले पैसा नभएका कारण अन्याय सहेर बस्नु नपर्ने बताए । न्यायाधीश नेपालले असाहाय ,गरिब तथा कमजाेर व्यक्तिहरु जस्ले शुल्क तिरेर अधिवक्ता राख्न सक्दैनन् त्यस्ता मानिसका मुद्दामा लड्नका लागि अदालतले वैतनिक अधिवक्ताकाे व्यवस्था गरेकाे जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा रामेछाप नगरपालिका मेयर लवश्री न्याैपानेले नागरिक स्तरमा कानुनी सचेतना अभाव भएकाे उल्लेख गर्दै समुदायमा सम्म अदालत आएर कानुनी सचेतनम तथा जागरण गर्ने कार्य गरेकाेमा अलालत प्रति आभार प्रकट गरे । नागरिकलाई कानुनी सचेतना अत्यन्त आवस्यक कुरा भएकाले अन्य समुदायमा पनि अदालतले कानुनी सचेतना तथा अदालती जानकारी गराउन पर्ने आवस्यकता रहेकाे बताए ।
त्यसैगरी जिल्ला न्यायाधिवक्ता लाेक बहादुर कटुवालले मुद्दाकाे प्रकृति ,मुद्दा दर्ता प्रकृया ,देवानी मुद्दा र फाैजदारी मुद्वाहरु, तथा तिनकाे न्याय निरुपण विधि कानुनी व्यवस्थाका लगाएका विषयमा जानकारी दिए । त्यसैगरि सरकारवादी हुने मुद्दाहरु सरकारी वकिलले मुद्वाकाे पक्षकाे तर्फबाट नि:शुल्क मुद्दा लडिदिने कानुनी व्यवस्था रहेकाे जानकारी दिदै जिल्ला अदालतकाे फैसला चित्त नबुझेमा फैसला उपर पुनरावेदन गर्न सकिने अवस्था र मुद्दा हेर्ने निकायहरुका विषयमा जानकारी दिए ।
अदालतमा सबैकाे सहज पहुँच हाेस भन्ने हेतुले समुदाय केन्द्रित गरिएकाे न्यायिक बाह्य पहुँच कार्यक्रममा रापुरका ४० जना स्थानीयकाे सहभागीता रहेकाे थियाे । उक्त कार्यक्रम जिल्ला न्यायाधीश राजेन्द्र नेपालकाे अध्यक्षतामा गरिएकाे थियाे । कार्यक्रममा सहभागीहरु आफुले भाेगेका समस्याहरु र देखापरेका विवादहरुका विषयमा जिज्ञासा राखेका थिए ।
जिल्ला अदालत रामेछापले याे कार्यक्रम यसअघि पनि विभिन्न समुदायमा गरिरहेकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी दिदै जिल्ला न्यायाधीश राजेन्द्र नेपाल
- २ एमाले रामेछापले कात्तिक २९ मा जिल्ला स्तरिय प्रदर्शन गर्ने,
- ३ सामाजिक सेवामा तल्लिन डा.सैयद शुक्रबार रामेछाप आउदै
- ४ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- ५ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ६ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ७ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ८ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक















प्रतिक्रिया दिनुहोस