विपद् समयावधिभर कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न प्रजिअ थापाकाे आग्रह
रामेछाप – रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले विपदकाे समयावधिभर जिल्ला नछाड्न आग्रह गरेका छन् । बिहीबार एक कार्यक्रममा प्रजिअ थापाले कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न आग्रह गरेका हुन् ।
वर्षातकाे समय भएकाले जुनसुकै बेला जस्ताेसुकै विपत्ति आउन सक्ने र विपत्ति आइपरेमा तत्काल उद्वारका लागि तयार हुनपर्ने भएकाले विपदका समयावधिभर कार्यालय नछाड्न आग्रह गर्दै कार्यालयसँग भएका स्राेतसाधनहरुलाई तयारी अवस्थामा राख्न समेत प्रजिअ थापाले अनुराेध गरेका छन् ।
कार्यक्रममा प्रजिअ थापाले सार्वजनिक निकायहरु जिम्मेवार , पारदर्शी जवाफदेही हुनुपर्ने भन्दै सम्पूर्ण कार्यालयलाई स्वत प्रकाशन गर्नुपर्ने सुचनाहरु नियमित रुपममा समयै प्रकाशन गर्न निर्देशन दिए । कतिपय कार्यालयहरुले नियमित रुपमा स्वत प्रकाशन गर्नुपर्ने सुचना समेत प्रकाशन नगरेकाे गुनासाे आएपछि प्रजिअ थापाले यस्ताे निर्देशन दिएका हुन ।
प्रजिअ थापाले सार्वजनिक सुनुवाइलाई आगामी दिनमा अझ जवाफदेही ,व्यवस्थित र प्रभावकारी बनाउने प्रयत्न गर्ने बताए ।
रामेछाप नगरपालिकाकाे सभाहल भएकाे सार्सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला स्थित सेवा प्रवाह गरिरहेका कार्यालयहरुले आ- आफ्नाे कार्यप्रगति प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस