प्रशासनले सार्वजनिक गरेकाे क्यूआर काेडमा आउन थाले उजुरी
रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक गरेकाे क्यूआर काेडमा उजुरीहरु आउन थालेका छन् । प्रशासनले डिजिटल माध्यम क्यूआर काेडबाट सेवाग्राहीकाे गुनासाे तथा उजुरी लिन सुरु गरेपछि उजुरी आउन सुरु भएकाे हाे ।
उक्त क्यूआर काेड सार्वजनिक भएकाे ४५ दिनमा विभिन्न कार्यलयकाे सेवा प्रवाह तथा सार्वजनिक सराेकारका विषयमा गरि ५ वटा उजुरी परेकाे रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । यसरी आएका गुनासा तथा उजुरीहरु सम्बन्धित कार्यालय तथा कर्मचारीसँग समन्वय गरेर तत्कालै सम्वाेधन गर्ने गरेकाे बताए ।
यसैगरी क्यू आर काेडमा गुनासा आए नआएकाे हरेक दिन कार्यालय समय सुरु हुनासाथ र कार्यालय समय सकिनु अघि २ पटक हेर्ने गरिएकाे प्रजिअ थापाले बताए । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीकाे गुनासा ,समस्या तथा सुझावहरु डिजिटल माध्यमबाट लिनका लागि जेष्ठ ७ गते क्युआर काेडमा सार्वजनिक गरेकाे थियाे ।
प्रजिअ थापाले क्यूआर काेड मार्सफत उजुरी दिन सम्बन्धित कार्यालयमा भाैतिक रुपमा उपस्थित हुनु नपर्ने , घरमै बसेर पनि उजुरी दिन सकिने र उजुरी दिने व्यक्तिको पहिचान पनि गाेप्य रहने भएकाले नागरिकले सहजै उजुरी दिन सक्ने बताए ।
उक्त क्यूआर काेड मारेफत रामेछाप जिल्लाभित्र रहेका सरकारी,अर्धसरकारी कार्यालयहरु तथा निकायहरुसँग सम्बन्धित गुनासा तथा सुझावहरु दिन सकिने र जिल्ला प्रशासन कार्यालय रामेछापबाट प्रवाह हुने सेवाहरुको जानकारी सहितको नागरिक वडापत्र समेत हेर्न सकिने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस