राजनितीक खबरदारीका लागि रामेछापमा अनुपम अभियानकाे हस्ताक्षर संकलन सुरु
रामेछाप – अनुपम अभियान २०८२ अन्तर्गत “राजनीतिक खबरदारी” हस्ताक्षर संकलन कार्यक्रम रामेछाप जिल्लाको मन्थली नगरपालिकाबाट औपचारिक रूपमा प्रारम्भ भएकाे छ । राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित अभियान रामेछापमा मंगलबार मन्थलीबाट सुरु भएकाे हाे।
कार्यक्रममा अनुपम अभियानकाे उद्देश्य , आगामी कार्ययोजना र प्रभावकारी कार्यान्वयनका उपायबारे अभिमुखिकरण गरिएकाे थियाे ।
अभियानलाई थप प्रभावकारी बनाउन सहभागीहरूमाझ भएकाे छलफलले जिल्लाका सम्पूर्ण स्थानीय तहमा हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेकाे छ । हस्ताक्षर अभियानले राजनीतिक जवाफदेहिता, नागरिक सहभागिता र महिला नेतृत्व सशक्तिकरणतर्फ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
अन्तर पार्टी महिला सञ्जाल रामेछापकी अध्यक्ष गंगा अधिकारीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलहरूका महिला नेताहरु, स्थानीय तहका महिला जनप्रतिनिधिहरू, महिला सहकारी संस्थाका प्रतिनिधिहरू, सामाजिक संघसंस्थाका अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस