राजनितीक खबरदारीका लागि रामेछापमा अनुपम अभियानकाे हस्ताक्षर संकलन सुरु
रामेछाप – अनुपम अभियान २०८२ अन्तर्गत “राजनीतिक खबरदारी” हस्ताक्षर संकलन कार्यक्रम रामेछाप जिल्लाको मन्थली नगरपालिकाबाट औपचारिक रूपमा प्रारम्भ भएकाे छ । राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित अभियान रामेछापमा मंगलबार मन्थलीबाट सुरु भएकाे हाे।
कार्यक्रममा अनुपम अभियानकाे उद्देश्य , आगामी कार्ययोजना र प्रभावकारी कार्यान्वयनका उपायबारे अभिमुखिकरण गरिएकाे थियाे ।
अभियानलाई थप प्रभावकारी बनाउन सहभागीहरूमाझ भएकाे छलफलले जिल्लाका सम्पूर्ण स्थानीय तहमा हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेकाे छ । हस्ताक्षर अभियानले राजनीतिक जवाफदेहिता, नागरिक सहभागिता र महिला नेतृत्व सशक्तिकरणतर्फ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
अन्तर पार्टी महिला सञ्जाल रामेछापकी अध्यक्ष गंगा अधिकारीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलहरूका महिला नेताहरु, स्थानीय तहका महिला जनप्रतिनिधिहरू, महिला सहकारी संस्थाका प्रतिनिधिहरू, सामाजिक संघसंस्थाका अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस