मन्थलीकाे ठाँटीमा बलेराे दुर्घटना २ काे मृत्युु १५ घाइते

रामेछाप – मन्थली नगरपालिका ३ ठाँटीमा भएकाे बलेराे दुर्घटनामा २ जनाकाे मृत्यु १५ जना घाइते भएका छन् बिहीबार दिउसाे ठाँटीमा बा १६ च ६४७६ नं को बलेरो जिप दुर्घटना भएकाे हाे ।
दुर्घटनामा मृत्यू हुनेहरु सोही स्थानका ६२ बर्षिया कृष्ण नारायण श्रेष्ठ र ११ बर्षिया भुमिका श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा मन्थली नगरपालिका वडा नं २ का ५१ बर्षिय शेर बहादुर रोक्का, ५६ बर्षिय रुद्र राज श्रेष्ठ, ६६ बर्षिय जहान सिं नेपाली, ६८ बर्षिय होम नारायण श्रेष्ठ, ४१ बर्षिया ठाकुर नारायण श्रेष्ठ, ६४ बर्षिय जगन्नाथ श्रेष्ठ, ५६ बर्षिय कृष्ण बहादुर रोक्का, ३६ बर्षिय मनोज कुमार श्रेष्ठ, २१ बर्षिया करुणा श्रेष्ठ, १० बर्षिया नोर कुमारी पाण्डे, ५५ बर्षिय कृष्ण नारायण श्रेष्ठ ६५ बर्षिया कैलाश नारायण श्रेष्ठ, तुलसा श्रेष्ठ, खित बहादुर पाण्डे रहेकाे स्थानीयले जानकारी दिएका छन् ।
स्थानीय शारदा देवी मन्दिरमा पुजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो । घाइतेहरुको कठजोर स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भैरहेको छ भने ४ जनालाई काठमाण्डौ पठाइएको छ । चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस