विधि प्रकृया र प्रचलित कानुन बमोजिम काम गर्छाै : प्रजिअ पाैडेल

रामेछाप – रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी राजु पाैडेलले विधि , प्रकृया र प्रचलित कानुन बमोजिम काम गर्ने गरेका बताए । प्रजिअ पाैडेलले जे आयाे त्यही गर्न कानुनका हिसाबले नमिल्ने भन्दै यस्ताे बताएका हुन ।
जिल्ला प्रशासन कार्यालय रामेछापकाे आयाेजनामा शुक्रबार कर्मचारी मिलनकेन्द्रकाे हलमा सेवा प्रवाह तथा विकास निर्माणका सम्बन्धमा भएकाे सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले जिज्ञासाले सम्बाेधन गर्ने क्रममा प्रजिअ पाैडेलले कानुनी रुपमा अपराध ठहरिने कुनैपनि काम सस्ताे लाेक प्रियताकाे आसमा हचुवाकाे भरमा नगर्ने भन्दै शंका लागेकाे विषयमा पुनःचेकजाँच गरेर मात्र काम गर्ने गरेकाे स्पष्ट पारे ।
त्यस्तै उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्लाका अधिकांश कार्यलय प्रमुखहरुले कार्यालयबाट प्रवाह भएकाे सेवा तथा कामहरुकाे प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनका आधारमा सहभागी प्रत्रकारहरुले प्रश्न, तथा जिज्ञासा राखेका थिए ।
साेही क्रममा पत्रकारहरुले कतिपय कार्यालयले अहिले सम्म के काम गरिरहेकाे छ ? कार्यालय कहाँ छ ? भन्ने सम्म जानकारीमा नभएकाे बताएका थिए । त्यसैगरी कार्यालयबाट प्रवाह हुने सेवाका बारेमा सार्वजनिक गर्नुपर्ने नितिगत नियमनै हुदा पनि एकादुई भन्दा बाहेक कुनैपनि कार्यालयले आफ्नाे कार्यालयकाे गतिविधि सार्सार्वजनिक गर्ने गरेकाे नपाइएको गुनासाे गरे । संघियता पछि एकै प्रकृतिका कार्यालयहरु जिल्ला संघ , प्रदेश र स्थानिय तहमा पनि भएकाले कामकाे दाेहाेराेपना भएकाे भन्दै त्यसका निराकरणका लागि लाग्न सुझाय । त्यस्तै सुचनाका लागि आएका रकम सुचनाकाकै लागि खर्च गर्नपनि आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारीकाे अध्यक्षतामा भएकाे हाे । उक्त कार्यक्रममा जिल्लाका अधिकांश कार्यालयका प्रमुखहरुकाे र क्रियाशील पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे छ : राज्यमन्त्री तामाङ
- २ काम गर्नेहरूलाई हावादारि गफ गर्नेसँग तुलना नगराैं : उपप्रधानमन्त्री सिंह
- ३ प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्दै
- ४ हिमाल ढुङ्गेलकाे नेतृत्वमा रामेछापमा सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) गठन
- ५ प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक
- ६ सरस्वती पुजाका अवसरमा कालिदेवी आविमा विविध कार्यक्रम
- ७ मन्थली बचतले स्थापना दिवसमा १ सय सदस्यलाई दिए विद्युतिय चुलाे
- ८ शिक्षक संघद्वारा एसइइमा उत्कृष्ट अंक लाउन सफल १६ विषय शिक्षक सम्मानित
प्रतिक्रिया दिनुहोस