टिफरबाट खसेर घाइते युवककाे मृत्यु

रामेछाप – गुडिरहेको टिफरबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आइतबार दिउँसो बालुवा लिएर मन्थलीकाे सुकाजाेर खाेलाबाट मन्थली ४ सालु तर्फ जाँदै गरेको प्रदेश नं.३०१००३ क ५७६४ नम्बरको टिफरबाट खसेर घाइते भएका मन्थली नगरपालिका ४ सालुका ३२ वर्षका नारायण बस्नेतको मृत्यु भएको छ ।
गुडिरहेको टिफरको ढालाबाट खसेर घाइते भएका बस्नेतको तामाकोशी अस्पतालमा मन्थलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।
टिफर चालक मन्थली ५ सुनारपानीका वर्ष ३४ का कुमार कार्की र टिफरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस