फर्पु सुमाे दुर्घटना :अपडेट

रामेछाप – राछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा सुमो दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक बालक सहित ३ जना घाइते भएका छन् ।
शुक्रबार दिउसाे काठमाडौँबाट गोकुलगंगा गाउँपालिक ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको सुमो सडकबाट झण्डै ३ सय मिटर तल खसेर दुर्घटना भएकाे हाे ।
दुर्घटनामा मृत्यु भएकाहरुमा गोकुलगंगा गाउपालिका ४ का वडाध्यक्ष अन्दाजी ४५ वर्षको रामचन्द्र बस्नेत ,मन्थली न१० चिसापानी बस्ने बर्ष ३५ को हिरा बहादुर कार्की (चालक), गोकुलगंगा ५ बस्ने बर्ष ३० की कविता कार्की खड्का ,उनकाे बर्ष ७ की स्वस्तिका खड्का र एक जना मृतककाे हाल सम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
त्यसैगरी घाइतेहरुमा जिल्ला कास्की लेखनाथ नगरपालीका घर भएको बर्ष ४२ को केशव शर्मा अवस्था मध्यम रहेकाे छ । अन्दाजी बर्ष ४ बर्षको बालक नाम थर वतन नखुलेको शरिरको बिभिन्न भागमा चोट लगेकाे अवस्था मध्यम रहेकाे छ र गोकुलगंगा गाउपालिका ४ बेताली बस्ने बर्ष २७ की सरस्वती कार्कीकाे ढाडमा चोट अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।
घाइतेहरूको मन्थली स्थित अस्पतालमा सामान्य उपचार गरि थप उपचारका काठमाडौं रिफर गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस