रामेछापको फर्पुमा सुमाे दुर्घटना हुदा वडा अध्यक्ष सहित ५ जनाकाे मृत्यु
रामेछाप – राछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा सुमो दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक बालक सहित ३ जना घाइते भएका छन् ।
शुक्रबार दिउसाे काठमाडौँबाट गोकुलगंगा गाउँपालिक ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको सुमो फर्पुमा दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका ४ बेतालीका वडा अध्यक्ष रामचन्द्र बस्नेत सहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बस चालक हिराबहादुर कार्की रहेको र अन्यको पहिचान खुल्न बाकी रहेकाे छ । दुर्घटनामा मृत्यु हुनेमा एक जना अन्दाजी १० वर्षका बालक पनि रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सुमाे सडकबाट खसेर दुर्घटना भएकाे हाे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस