गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे

लुम्बिनी, मंसिर ८ । संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। शनिबार सिद्वार्थ उद्योग बाणिज्य संघ रूपन्देहीद्वारा भएकाे अन्तरक्रिया कार्यक्रममा मन्त्री पाण्डेले यस्ताे बताएका हुन्।
भैरहवामा आयोजित उक्त कार्यक्रममा गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धि व्यवसायिहरूले आशंका व्यक्त गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान दिगाे रुपमा हुने बताएका हुन ।
उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउने प्रतिवद्वता जनाए । मन्त्री पाण्डेले भने ‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु’ । मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाे भन्दै भैरहवालाई पर्यटनको इपिसेन्टको संज्ञा समेत दिए ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहनु भएका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले द्रुतगतीमा काम गर्नुपर्ने सुझाव स्विकार गर्दै आगामि दिनमा कमीकमजोरी सुधार गरेर जाने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस