व्यवसायी दुर्गा प्रसाईं पक्राउ
काठमाडौं – व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ परेका प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको छ ।
त्यसपछि अनुसन्धानका लागि भन्दै सीआईबीले आफू मातहतको केन्द्रीय साइबर ब्यूरोको जिम्मा लगाएको थियो ।
प्रसाईंलाई भने अहिले प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिए । प्रहरी स्रोतका अनुसार प्रसाईंले भने आफू क्यान्सर सर्भाइभर रहेको र स्वास्थ्यमा समस्या रहेको भन्दै अस्पताल भर्ना हुन खोजेका थिए ।
मंगलबार उनलाई हिरासतमा राख्ने अनुमति लिन अदालत पेश गर्न नभ्याइएकाले बुधबार पेश गर्ने साइबर ब्यूरोका डीआईजी अर्यालले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस