सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयाेगकाे निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो ।
आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ । मतदान सम्पन्न भएपश्चात् सोही दिन मतपत्रसहितका मतपेटिका सुरक्षित तवरले मतगणनास्थलसम्म ढुवानी र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
उपनिर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको पूर्णपालना गर्न गराउन, आचारसंहिता पालना भए÷नभएको अनुमगन गर्न र निषेधित कार्य भए÷गरेको पाइएमा तत्काल कारबाही गर्न पनि आयोगले आग्रह गरेको छ ।
यही मङ्सिर ५ देखि मतगणना सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण र सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधन आवागमनको उपयुक्त व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस