जीप दुर्घटनामा पाँच जनाको ज्यान गयो,एक जना घाइते
बाग्लुङको जैमिनी नगरपालिकामा पीकअप जीप दुर्घटना हुँदा ५जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट बाग्लुङबजारतर्फ गुडिरहेको ग २ च ९२४७ नम्बरको जीप छिस्ती र जैदीको सिमाना ढुङ्गाखानी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी निरीक्षक केशव थापाले जानकारी दिएका छन् ।
दुर्घटनामा जैमिनी नगरपालिका वडा नम्बर ८ केवई गाउँका जीप चालक महेन्द्र पुन, त्यसैगरी रश्मी श्रीष, नन्दकली पुन, निरज श्रीष र कुलबहादुर श्रीषको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते गंगाबहादुर पुनको उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस