• काेसिस न्यूज
  • खुर्काेटकाे पुल संचालनमा नआएसम्म फर्किन्न : राज्य मन्त्री तामाङ


    रामेछाप – उर्जा,जलस्रोत तथा सिचाइ राज्यमन्त्री पुर्णबहादुर तामाङ् ( कान्छाराम) ले गत असाेज ११ र १२ गते परेकाे वर्षाले बगाएकाे खुर्काेटकाे पुल संचालनमा आएपछि मात्र राजधानी फर्किने बताएका छन् ।

    रामेछाप र सिन्धुली जाेड्ने रामेछापको लाइफलाइनकाे रुपमा रहेकाे खुर्काेटकाे पुल गत असाेज १२ गते आएकाे बाढीले बगाएकाे थियाे । उक्त पुल बगाएपछि रामेछाप जिल्लाबाट राजधानी तथा तराईका जिल्लाहरुमा जानेबाटाे अबरुद्ध भएकाे छ ।

    रामेछाप जिल्लाका लागि लाईफलाईकाे रुपमा रहेकाे खुर्काेटपुल निर्माणका लागि उर्जा राज्यमन्त्री तामाङकाे सक्रियतामा बेलिब्रिज निर्माण गर्न सरकारलले नेपाली सेनालाई जिम्मा लगाएकाे थियाे । हाल उक्त पुलमा सेनाले पूल निर्माणकाे काम अन्तिम चरणमा पुर्‍याएकाे छ ।

    पुल निर्माणकाे काम सकेर यातायातका साधन संचालनमा आउन भने केहीदिन लाग्ने उर्जा राज्यमन्त्री तामाङले बताए । पुल बनाउन पहल गर्ने , सामग्री जुटाउन देखि निर्माण कार्यलाई तिब्र बनाउन सक्रिय रुपमा लागि परेका राज्यमन्त्री तामाङ पुल संचालनमा आएपछि मात्र आफू राजधानी फर्कने बताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस