खुर्काेटकाे पुल संचालनमा नआएसम्म फर्किन्न : राज्य मन्त्री तामाङ
रामेछाप – उर्जा,जलस्रोत तथा सिचाइ राज्यमन्त्री पुर्णबहादुर तामाङ् ( कान्छाराम) ले गत असाेज ११ र १२ गते परेकाे वर्षाले बगाएकाे खुर्काेटकाे पुल संचालनमा आएपछि मात्र राजधानी फर्किने बताएका छन् ।
रामेछाप र सिन्धुली जाेड्ने रामेछापको लाइफलाइनकाे रुपमा रहेकाे खुर्काेटकाे पुल गत असाेज १२ गते आएकाे बाढीले बगाएकाे थियाे । उक्त पुल बगाएपछि रामेछाप जिल्लाबाट राजधानी तथा तराईका जिल्लाहरुमा जानेबाटाे अबरुद्ध भएकाे छ ।
रामेछाप जिल्लाका लागि लाईफलाईकाे रुपमा रहेकाे खुर्काेटपुल निर्माणका लागि उर्जा राज्यमन्त्री तामाङकाे सक्रियतामा बेलिब्रिज निर्माण गर्न सरकारलले नेपाली सेनालाई जिम्मा लगाएकाे थियाे । हाल उक्त पुलमा सेनाले पूल निर्माणकाे काम अन्तिम चरणमा पुर्याएकाे छ ।
पुल निर्माणकाे काम सकेर यातायातका साधन संचालनमा आउन भने केहीदिन लाग्ने उर्जा राज्यमन्त्री तामाङले बताए । पुल बनाउन पहल गर्ने , सामग्री जुटाउन देखि निर्माण कार्यलाई तिब्र बनाउन सक्रिय रुपमा लागि परेका राज्यमन्त्री तामाङ पुल संचालनमा आएपछि मात्र आफू राजधानी फर्कने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस