काठमाडौंबाट सिन्धुली जाँदै गरेकाे बस रामेछापमा दुर्घटना हुदा एकजनाकाे मृत्यु १० जना घाइते

रामेछाप – काठमाडौंबाट सिन्धुली तर्फ जाँदै गरेको बस रामेछापको भिरपानीमा दुर्घटना भएको छ । मंगलबार दिउँसो रामेछापको भिरपानीमा बस दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ भने १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
काठमाडौबाट चरिकोट ,रामेछाप हुँदै सिन्धुलीको अमारे जाँदै गरेको बागमती प्रदेश ३-०१०५ ख ९५७९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । उक्त बसमा एक जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा मुत्यु भएकाकाे पहिचान नखुलेको प्रहरीले जनाएकाे छ । घाइतेहरु मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि मुलकोटमा लगिएको छ। थप विवरण आउन बाकी रहेकाे प्रहरीले जनाएको छ ।
आज बिहान पनि काठमाडौंबाट सिन्धुलीको फिक्कल जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना भएको थियो। रामेछापको मन्थली-खाँडादेवी-सित्खा सडक खण्डको मन्थली नगरपालिका-७ भटौली पुलमाथि आज बिहान सवा ४ बजेतिर ना १ ज ८७८२ नम्बरको टाटा सुमो दुर्घटना हुँदा चालक घाइते भएका थिए। सुमोमा ११ जना यात्रु थिए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आजबाट एसइई परीक्षा सुरु
- २ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ३ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ४ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ५ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ६ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ७ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ८ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
प्रतिक्रिया दिनुहोस