काठमाडौंबाट सिन्धुली जाँदै गरेकाे बस रामेछापमा दुर्घटना हुदा एकजनाकाे मृत्यु १० जना घाइते
रामेछाप – काठमाडौंबाट सिन्धुली तर्फ जाँदै गरेको बस रामेछापको भिरपानीमा दुर्घटना भएको छ । मंगलबार दिउँसो रामेछापको भिरपानीमा बस दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ भने १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
काठमाडौबाट चरिकोट ,रामेछाप हुँदै सिन्धुलीको अमारे जाँदै गरेको बागमती प्रदेश ३-०१०५ ख ९५७९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । उक्त बसमा एक जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा मुत्यु भएकाकाे पहिचान नखुलेको प्रहरीले जनाएकाे छ । घाइतेहरु मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि मुलकोटमा लगिएको छ। थप विवरण आउन बाकी रहेकाे प्रहरीले जनाएको छ ।
आज बिहान पनि काठमाडौंबाट सिन्धुलीको फिक्कल जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना भएको थियो। रामेछापको मन्थली-खाँडादेवी-सित्खा सडक खण्डको मन्थली नगरपालिका-७ भटौली पुलमाथि आज बिहान सवा ४ बजेतिर ना १ ज ८७८२ नम्बरको टाटा सुमो दुर्घटना हुँदा चालक घाइते भएका थिए। सुमोमा ११ जना यात्रु थिए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस