मन्थली काठमाण्डौं नियमित उडान सुरु
रामेछाप – मन्थली काठमाण्डौं हवाई उडान अब नियमित सञ्चालन संचालन हुने भएकाे छ । नागरिक उड्डयन प्राधिकरण रामेछापका अनुसार मन्थली काठमाण्डौं नियमित उडान हुने भएकाे हाे ।
नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख हिरन शाहका अनुसार तारा इयरलाईन्स र समिटले आगामी एक महिना नियमित उडान गर्ने तालीका उपलब्ध गराएर नियमित उडान गर्न लागेकाे जानकारी दिएका छन् ।
प्राधिकरणलाई उपलब्ध तालिका बमोजिम समिट एयरलाइन्सले हप्तामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने छ भने तारा एयरलाइन्सले हप्तामा तीन दिन मङ्गलबार ,बिहीबार र शनिवार उडान गर्ने प्राधिकरण रामेछापका प्रमुख शाहले जानकारी दिए ।
त्यसैगरी समिट एयरलाइन्सले काठमाडौँ बाट मन्थलीका लागि दिउसाे २ बजे र मन्थली बाट काठमाण्डौंका लागि २ः३५ बजे उडान भर्ने तालिका रहेकाे छ । त्यस्तै तारा एयरलाइन्सले काठमाण्डौं बाट मन्थलीका लागि २ः४० मा र मन्थलीबाट काठमाडौका लागि ३ः०५ बजे उडान भर्ने भएको छ ।
क्याटेगोरी : business, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस