रामेछाप ,दाेलखा हुँदै काठमाडौ सडक संचालनमा
रामेछाप- रामेछाप सदरमुकाम मन्थलीबाट दाेलखा चरिकोट हुँदै काठमाडौं जाने सडक संचालनमा आएकाे छ । केहिदिन अघि बाढीले किर्नेकाे सडक बगाएपछि अबरुद्ध भएकाे उक्त सडक आजबाट संचालन आएकाे हाे ।
अविरल वर्षाका कारण आएकाे बाढीले राजधानी काठमाडौबाट जिल्ला प्रवेश गर्ने खुर्काेट पुल बगाएसँगै सडक संजाल अबरुद्ध हुन पुगेकाे थियाे । यता रामेछापबाट दाेलखा हुँदै काठमाडौ जाने सडक तर्फ बाढीले किर्नेमा सडक बगाएपछि सडक अवरुद्ध हुन पुगेकाे थियाे । यसरी राजधानी सहित विभिन्न जिल्लाहरुबाट प्रवेश गर्ने सडक अवरुद्ध भएपछि रामेछापबाट दाेलखा हुँदै काठमाडौं जाने सडक सुचारुका लागि किर्नेमा सडक ड्राभर्सन गरेर सडक संचालनमा ल्याइएकाे हाे ।
उक्त सडक संचालनमा ल्याउनका लागि मंगलबार उर्जा तथा जलस्रोत राज्य मन्त्री पुर्ण बहादुर तामाङ, विद्युत प्राधिकरण निर्देशक कुलमान घिसिङ, जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का, मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ , रामेछाप नगरपालिका प्रमुख लवश्री न्याैपाने , प्रमुख जिल्ला अधिकारी ,राजनितीक दलका नेताहरुकाे बिशेश पहलमा उक्त सडक ड्राइभर्सन गर्ने सहमति गरिएकाे थियाे । साेही अनसार बुधबारबाट उक्त सडक संचालनमा आएकाे जिल्लासमन्वय समिति रामेछापकि प्रमुख चिना खड्काले जानकारी दिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- २ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ३ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ४ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ५ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ६ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ७ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ८ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते















प्रतिक्रिया दिनुहोस