दाेरम्बा शैलुङ्मकाे लेखर्कमा गएकाे पहिराेमा परि २ काे मृत्यु ८ बेपत्ता

रामेछाप – रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेखर्कमा गएकाे पहिराेमा परि २ जनाकाे मृत्यु भएकाे छ भने ८ जना बेपत्ता भएका छन् । गएराति गएकाे पहिराेले ३ घर बगाएकाे छ भने एक घर पुरिएकाे छ ।
गएराति परेकाे वर्षाका कारण आधारातमा लेखर्क गाउँमा आएकाे पहिरोमा परि २ जनाकाे मृत्यु भएकाे ,एक जना घाइते र ८ जना बेपत्ता भएकाे दाेरम्बा शैलुङ् गाउपालिकाकी उपाध्यक्ष खमला थापामगर जानकारी दिएकी छिन् । उनले भनिन् “पहिराेले कति क्षेति पुगेकाेछ भन्ने बिषयमा एकिन जानकारी आउन सकेकाे छैन र बेपत्ताहरुकाे खाेजी भइरहेको छ ।”
त्यसैगरी पहिराले पालिकाकाे २ र ३ वडा जोड्ने ढाेईखोलाको पक्की पुल पनि बगाएकाे छ । यतिबेला जिल्ला प्रहरी कार्यालय रामेछापकाे प्रहरी टोली घटनास्थल पुगि सकेकाे छ भने प्रहरी र स्थानियहरुले उद्दार तथा खाेजी कार्य गरिरहेकाे छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस