दाेरम्बा शैलुङ्मकाे लेखर्कमा गएकाे पहिराेमा परि २ काे मृत्यु ८ बेपत्ता
रामेछाप – रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेखर्कमा गएकाे पहिराेमा परि २ जनाकाे मृत्यु भएकाे छ भने ८ जना बेपत्ता भएका छन् । गएराति गएकाे पहिराेले ३ घर बगाएकाे छ भने एक घर पुरिएकाे छ ।
गएराति परेकाे वर्षाका कारण आधारातमा लेखर्क गाउँमा आएकाे पहिरोमा परि २ जनाकाे मृत्यु भएकाे ,एक जना घाइते र ८ जना बेपत्ता भएकाे दाेरम्बा शैलुङ् गाउपालिकाकी उपाध्यक्ष खमला थापामगर जानकारी दिएकी छिन् । उनले भनिन् “पहिराेले कति क्षेति पुगेकाेछ भन्ने बिषयमा एकिन जानकारी आउन सकेकाे छैन र बेपत्ताहरुकाे खाेजी भइरहेको छ ।”
त्यसैगरी पहिराले पालिकाकाे २ र ३ वडा जोड्ने ढाेईखोलाको पक्की पुल पनि बगाएकाे छ । यतिबेला जिल्ला प्रहरी कार्यालय रामेछापकाे प्रहरी टोली घटनास्थल पुगि सकेकाे छ भने प्रहरी र स्थानियहरुले उद्दार तथा खाेजी कार्य गरिरहेकाे छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस