फोनिज रामेछापद्धारा दुई पत्रकार सम्मानित
रामेछाप – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो रजत जयन्तीको अवसरमा जिल्लाका दुई जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ ।
आइतबार रामेछाप नगरपालिकाको सभा हलमा ऊर्जा, जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमा वरिष्ठ पत्रकार नवराज पथिक र तुलसी देवी श्रेष्ठ नगदसहित सम्मानीत भएका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष नवराज पथीक ‘खोज पत्रकारिता वर्ष पुरस्कार–२०८१’ र ‘उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०८१’ बाट पत्रकार महासंघकी सचिव तुलसीदेवी श्रेष्ठ सम्मानीत भएकी हुन् ।
सम्मानीत भएका पत्रकार पथीक विभिन्न मिडियामा दुई दशक भन्दा बढी समयदेखि सक्रिय पत्रकारीतामा छन् । पथिक हाल रेडियो इनर्जी १०६.२ मेघाहर्जका प्रबन्ध निर्देशक हुन् । भने, एभिन्युज टेलिभिजनका जिल्ला संवाददाता र सनराइज खबर अनलाइनका सहायक सम्पादकको रूपमा क्रियाशील छन् । उनलाई फोनिजले नगद ५ हजारसहित दोसल्ला ओडाएर सम्मान गरेको हो ।
सम्मानित हुने तुलसी देवी श्रेष्ठ मन्थलीबाट प्रसारित रेडियो तिफदिमा लामो समयदेखि काम गरीरहेकी छिन् । यी दुवै पुरस्कार फोनिजले आफ्नो स्थापना दिवसको अबसरमा प्रदान गरेको हो ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस