• काेसिस न्यूज
  • फोनिज रामेछापद्धारा दुई पत्रकार सम्मानित


    रामेछाप –  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो रजत जयन्तीको अवसरमा जिल्लाका दुई जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ ।
    आइतबार रामेछाप नगरपालिकाको सभा हलमा ऊर्जा, जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख  आतित्थ्यतामा भएको कार्यक्रमा वरिष्ठ पत्रकार नवराज पथिक र तुलसी देवी श्रेष्ठ  नगदसहित सम्मानीत भएका हुन् ।

    नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष नवराज पथीक  ‘खोज पत्रकारिता वर्ष पुरस्कार–२०८१’ र ‘उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०८१’ बाट  पत्रकार महासंघकी सचिव तुलसीदेवी श्रेष्ठ  सम्मानीत भएकी हुन् ।

    सम्मानीत भएका पत्रकार पथीक विभिन्न मिडियामा दुई दशक भन्दा बढी समयदेखि सक्रिय पत्रकारीतामा छन् । पथिक हाल रेडियो इनर्जी १०६.२ मेघाहर्जका प्रबन्ध निर्देशक हुन् । भने, एभिन्युज टेलिभिजनका जिल्ला संवाददाता र सनराइज खबर अनलाइनका सहायक सम्पादकको रूपमा क्रियाशील छन् । उनलाई फोनिजले नगद ५ हजारसहित दोसल्ला ओडाएर सम्मान गरेको हो ।

    सम्मानित हुने तुलसी देवी श्रेष्ठ मन्थलीबाट प्रसारित रेडियो तिफदिमा लामो समयदेखि काम गरीरहेकी छिन् । यी दुवै पुरस्कार फोनिजले आफ्नो स्थापना दिवसको अबसरमा प्रदान गरेको हो ।



    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस