• काेसिस न्यूज
  • सेवाग्राहीकाे व्यवहारमा भरपर्छ सेवा प्रवाह : प्रमुख प्रशासकीय चापागाईं


    रामेछाप – मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले नगरकाे सेवा प्रवाह सेवाग्राहीकाे व्यवहारले निर्धारण गर्ने बताए । उनले सेवा लिन आउने सवाग्राहीले गर्ने व्यवहारका आधारमा सेवा प्रवाह हुने बताए हुन् ।

    शुक्रबार मन्थली नगरपालिकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक सर्वेक्षणमा कर्मचारीकाे व्यवहार र सेवा प्रवाह सन्ताेषजनक नभएकाे भन्ने प्रतिवेदनमा राखिएकाे जिज्ञासालाई सम्बाेधन गर्दै पालिकाका प्रशासकीय प्रमुख चापागाईंले सेवा लिन आउने सेवाग्राहीहरु पनि त्यस्तै किसिमकाे आउने गरेकाे आराेप लगाउदै सेवाग्राहीले गर्ने व्यवहार अनुसार नगरले सेवा प्रवाह गर्ने बताए । सार्वजनिक सुनुवाइमा प्रस्तुत भएकाे भष्ट्राचारकाे अवस्थामा १५ प्रतिशत कर्मचारीले मागेरै रकम लिने गरेकाे छ भन्ने प्रतिवेदन माथि पनि उनी ठाडाे खनिदै भने याे प्रतिवेदन नै स्विकार्न सकिँदैन भन्दै अहिले सम्म कार्यालयमा त्यस्ताे उजुरी नआएकाे जिकिर गरे ।

    त्यस्तै उनले नागरिक सर्वेक्षणमा आएकाे प्रतिवेदन समेत सहि नभएकाे भन्दै स्विकार्न नसकिने बताए । अधिकृत चापागाईंकाे जबाफबाट के बुझ्न सकिन्छ भने उनी सेवक नभई शासक भएकाे र सेवाग्राहीले उनकाे शासनमा हवस भन्ने संकेत मात्र जनाउनु पर्ने भन्ने बुझाइ रहेकाे पाईएकाे एक सहभागीले बताए ।

    सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक स्तरकाबाट सेवाग्राहीहरुकाे सहभागीता भने शुन्य थियाे । कार्यक्रममा अतिथि, कार्यालयका केही कर्मचारी ,केही जनप्रतिनिधि र पत्रकारहरुकाे मात्र सहभागीता रहेकाे थियाे ।

    यसरी सेवाग्राहीकाे शुन्य सहभागीतामा गरिएकाे सार्वजनिक सुनुवाइकाे प्रचार प्रसार तथा सुचना प्रवाह नभएकाे आराेप एकाथरिले लगाएका छन भने अर्का थरिले नागरिकले नै चासाे दिन छाडेकाे कारण सहभागी नभएकाे र जति प्रश्न गर्दा पनि र जति प्रतिबद्धता गरेपनि सम्बन्धित निकाएले कहिल्यै सुधार नगरेकाे भएर सहभागी शुन्य भएकाे आराेप लगाएका छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस