बाेलेराे दुर्घटना अपडेट : हेर्नुहाेस घाइतेकाे विवरण

रामेछाप – मन्थली नगरपालिका ७ कल्लेरीमा बोलेरो दुर्घटना भएको छ । मंगलबार साझ भएकाे दुर्घटना परि १ जनाको मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन् ।
मन्थलीबाट खाँडादेवी गाउँपालिका ७ पिङखुरी तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ को ३९०९ नम्बरको बोलेरो मन्थली नगरपालिका ७ कल्लेरीमा दुर्घटना भएको हाे ।दुर्घटना परि मृत्युु हुनेमा मन्थली नगरपालिका ७ बस्ने अन्दाजी ६५ वर्षकी माया बिकको घटना स्थालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
त्यसैगरी मन्थली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमान्डौ रिफर भएको घाइतेहरुमा खाँडादेवी ९ बस्ने बर्ष अं.७० को नर माया बिक,बर्ष अं.७० को हैटे तामाङ , बर्ष अं.२८ को रुपक तामाङ, बर्ष अं.४० को उशा भण्डारी र निजको छोरो बर्ष अं.९ को डेबिट भन्डारी रहेका छन् ।
त्यस्तै मन्थली अस्पतालमा उपचार भइरहेका घाइतेहरुमा बोलेरो चालक खाँडादेवी ९ का बर्ष अं.४७ को बाबुराम तामाङ, खाँडादेवी ९ कै बर्ष अं.७० को मंगले कामी,बर्ष अं.७० को दुर्गा बहादुर तामाङ, बर्ष अं.५ कि अन्जना तामाङ र बर्ष अं.४२ को नरेन्द्र तामाङ रहेका छन् ।
उक्त बोलेरो गाडी अचानक ब्रेकफेल भई अनियन्त्रित हुँदा सडकबाट अं.२०० मिटर तल खसी दुर्घटना भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- २ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ३ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ४ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ५ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ६ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ७ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ८ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
प्रतिक्रिया दिनुहोस