बाेलेराे दुर्घटना अपडेट : हेर्नुहाेस घाइतेकाे विवरण
रामेछाप – मन्थली नगरपालिका ७ कल्लेरीमा बोलेरो दुर्घटना भएको छ । मंगलबार साझ भएकाे दुर्घटना परि १ जनाको मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन् ।
मन्थलीबाट खाँडादेवी गाउँपालिका ७ पिङखुरी तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ को ३९०९ नम्बरको बोलेरो मन्थली नगरपालिका ७ कल्लेरीमा दुर्घटना भएको हाे ।दुर्घटना परि मृत्युु हुनेमा मन्थली नगरपालिका ७ बस्ने अन्दाजी ६५ वर्षकी माया बिकको घटना स्थालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
त्यसैगरी मन्थली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमान्डौ रिफर भएको घाइतेहरुमा खाँडादेवी ९ बस्ने बर्ष अं.७० को नर माया बिक,बर्ष अं.७० को हैटे तामाङ , बर्ष अं.२८ को रुपक तामाङ, बर्ष अं.४० को उशा भण्डारी र निजको छोरो बर्ष अं.९ को डेबिट भन्डारी रहेका छन् ।
त्यस्तै मन्थली अस्पतालमा उपचार भइरहेका घाइतेहरुमा बोलेरो चालक खाँडादेवी ९ का बर्ष अं.४७ को बाबुराम तामाङ, खाँडादेवी ९ कै बर्ष अं.७० को मंगले कामी,बर्ष अं.७० को दुर्गा बहादुर तामाङ, बर्ष अं.५ कि अन्जना तामाङ र बर्ष अं.४२ को नरेन्द्र तामाङ रहेका छन् ।
उक्त बोलेरो गाडी अचानक ब्रेकफेल भई अनियन्त्रित हुँदा सडकबाट अं.२०० मिटर तल खसी दुर्घटना भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस