कल्लेरीमा भएकाे बाेलेराे दुर्घटनामा १ काे मृत्यु ९ घाइते

रामेछाप – मन्थली नगरपालिका वडा नम्बर ७ कल्लेरीमा बोलेरो दुर्घटना भएको छ । मंगलबार साझ भएकाे दुर्घटना परि १ जनाको घटना स्थलमा नै मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन् ।
मन्थलीबाट खाँडादेवी गाउँपालिका ७ पिङखुरी तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ को ३९०९ नम्बरको बोलेरो मन्थली नगरपालिका ७ कल्लेरीमा दुर्घटना भएको हाे । दुर्घटना परि मृत्युु हुनेमा मन्थली नगरपालिका ७ की माया बिक रहेकाे स्थानिय भिम बहादुर नेपालीले जानकारी दिएका छन् । बाेलेराेमा सवार ९ जना घाइते भएका छन् भने घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
घाइतेहरुकाे उद्दार गरि मन्थली अस्पतालमा उपचार हुँदै छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ । घटनाको विषयमा थप जानकारी आउन बाकी रहेको प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आजबाट एसइई परीक्षा सुरु
- २ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ३ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ४ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ५ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ६ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ७ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ८ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
प्रतिक्रिया दिनुहोस