युनियनद्वारा महासंघमा धर्ना
रामेछाप – नेपाल प्रेस युनियन रामेछापले साेमबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापकाे कार्यालयमा धर्ना दिएकाे छ । महासंघकाे सदस्यता शुद्धीकरण अपारदर्शी भएकाे भन्दै युनियनले देशभर महासंघमा धर्ना दिएकाे हाे ।
महासंघले विधि मिचेर गरेका विभिन्न गतिविधिहरु विरुद्ध युनियन आन्दोलनमा उत्रिएकाे हाे । युनियनले नेपाल पत्रकार महासंघको गरिमा कायम गर, सदस्यता शुद्धीकरणमा गरिएको मनपरी अन्त्य गर, व्यक्तिवादी सदस्यता सूची तत्काल खारेज गर, क्रियाशील पत्रकारहरूलाई सदस्यता प्रदान गर जस्ता माग सहित साेमबार महासंघकाे कार्यालयमा २ घण्टा धर्ना बसेकाे छ । साेही माग संवाेधनका माग राखेर यसअघिनै महासंघमा युनियने ताला बन्दी समेत गरेकाे थियाे ।
यस अगाडि पनि पत्रकार महासंघको सदस्यता शुद्धीकरणमा मनपरी भएकोमा गम्भीर आपत्ति जनाउँदै आएकाे युनियनले आफ्नो माग पूरा नभएसम्म महासंघकाे निर्वाचनका कुनैपनि गतिविधि गर्न नदिने चेतावनी दिएकाे छ । युनियनकाे माग पूरा नभए चरण बद्ध आन्दोलन मा उत्रिने युनियनकी जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठले बताइन ।
धर्नामा युनियनकी केन्द्रीय सदस्य रिता मगर जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठ , पदाधिकारीहरु , पूर्व अध्यक्षहरु साथै सदस्यहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस