युनियनद्वारा महासंघमा धर्ना

रामेछाप – नेपाल प्रेस युनियन रामेछापले साेमबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापकाे कार्यालयमा धर्ना दिएकाे छ । महासंघकाे सदस्यता शुद्धीकरण अपारदर्शी भएकाे भन्दै युनियनले देशभर महासंघमा धर्ना दिएकाे हाे ।
महासंघले विधि मिचेर गरेका विभिन्न गतिविधिहरु विरुद्ध युनियन आन्दोलनमा उत्रिएकाे हाे । युनियनले नेपाल पत्रकार महासंघको गरिमा कायम गर, सदस्यता शुद्धीकरणमा गरिएको मनपरी अन्त्य गर, व्यक्तिवादी सदस्यता सूची तत्काल खारेज गर, क्रियाशील पत्रकारहरूलाई सदस्यता प्रदान गर जस्ता माग सहित साेमबार महासंघकाे कार्यालयमा २ घण्टा धर्ना बसेकाे छ । साेही माग संवाेधनका माग राखेर यसअघिनै महासंघमा युनियने ताला बन्दी समेत गरेकाे थियाे ।
यस अगाडि पनि पत्रकार महासंघको सदस्यता शुद्धीकरणमा मनपरी भएकोमा गम्भीर आपत्ति जनाउँदै आएकाे युनियनले आफ्नो माग पूरा नभएसम्म महासंघकाे निर्वाचनका कुनैपनि गतिविधि गर्न नदिने चेतावनी दिएकाे छ । युनियनकाे माग पूरा नभए चरण बद्ध आन्दोलन मा उत्रिने युनियनकी जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठले बताइन ।
धर्नामा युनियनकी केन्द्रीय सदस्य रिता मगर जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठ , पदाधिकारीहरु , पूर्व अध्यक्षहरु साथै सदस्यहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस