हेफरले रित्तायाे किसानकाे खाेर
रामेछाप – हेफरले किसानलाई बिरामी बाेका वितरण गरेपछि मन्थली नगरपालिका ८ का किसानको खोर नै रित्तिन पुगेकाे छ । गत बैशाखमा हेफरले अनुदानमा उपलब्ध गराएकाे बिरामी बाेकाका कारण किसानकाे खाेर नै रित्तिन पुगेकाे हाे ।
कृषिक्रान्ति गरेर किसानलाई समृद्ध बनाउने हेतुले मन्थली नगरपालिकामा काम सुरु गरेको हेफरको लापरबाहीका कारण किसानको बाख्राको खोर रित्तीन पुगेकाे छ । मन्थली नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै पहाडी समाज कल्याण केन्द्र रामेछापको सहजीकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी कार्यक्रमले अनुदानमा किसानलाई रोगी बोका वितरण गर्दा लक्ष्मी केसीको खोरमा रहेको सबै बाेकाबाख्रा मरेर खाेर रित्तिएकाे छ ।

हेफर प्रोजेक्टको जिम्मा पाएको पहाडी समाज कल्याण केन्द्रले गत वैशाखमा नागदेवी स्वावलम्बन महिला समूहलाई अनुदानमा बिऊ बोकाकाे रुपाा उपलब्ध गराएकाे बाेका बिरामी भएकाे र उक्त बाेकाका कारण खाेरमा भएका अरुसबै बाेका बाख्रा पनि बिरामी परेकाे थियो । उक्त बोका पूर्णबहादुर माझीको घरमा राखी पालिएको पीडित लक्ष्मी केसीले जानकारी दिइन् । केसीका अनुसार उनका खोरको ६ वटा बोका र १ पाठी मरेका हुन् । केसीको सँगै माझीको पनि ३ वटा बोकापाठी मरेका छन् । अनुदानकाे नाममा रोगी बोका दिँदा आफ्नो खोर नै रित्तिएको लक्ष्मी केसीले गुनासो पोखिन् ।
बिरामी बोका दिएको कुरा हेफरले राखेको मन्थली ८ कि भेटनरी प्राविधिक सम्झना श्रेष्ठ समेत स्विकार्छन् । श्रेष्ठले भनिन् – हामीले दिने बेलामा बोका बिरामी थियो । बोकालाई रुघाखोकी लागेको थियो । त्यो बोकालाई छुट्टै राख्नुपर्ने थियो । किसानले अरू बाख्रा सँगै राख्नु भएछ । जसका कारण उहाँहरूको खोर नै रित्तो बन्न पुग्यो ।

हेफर प्रोजेक्ट सहजीकरणको जिम्मा लिएको संस्था पहाडी समाजका अध्यक्ष रत्न कँडेल यसलाई सामान्य मान्छन् । उनी आफू र आफ्नो प्रोजेक्टले गरेको गल्ती स्विकार्न तयार नै छैनन् । अझै उनी किसानलाई दोषी देखाउँछन् । उनी भन्छन् – किसानको खोर रित्तो हुनुको कारण स्वयम् किसान हुन्, हामी होइनौँ ।
यसरी किसानकाे खाेर नै रित्तिने गरि गरिएकाे कार्यक्रम प्रति बेलैमा सम्बन्धित निकायकाे ध्यान जावस । जसका कारण किसानलाई पुगेकाे क्षतिकाे निवारण गरियाेस ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस