प्रत्येक नेपालीको अनुहारमा खुशी र उज्यालो नपुगेसम्म गणतन्त्रको उद्देश्य पुरा हुँदैन : राष्ट्रपति

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा नहुने बताए ।
राष्ट्रपति पौडेलले गणतन्त्र दिवस २०८१ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिदै आज गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तर माथि उठाउने नै भएको स्पष्ट पारे । “त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्धन एवं सुशासन हो, जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा हुँदैन”, शुभकामना सन्देशमा उल्लेख छ ।
गणतन्त्र दिवस हामीले विगतलाई संझने, वर्तमानलाई सजाउने र भविष्यका बारेमा चिन्तन गर्ने दिन पनि भएकाे भन्दै उनले हामीले आजको पुस्तालाई सबल अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गरी आउने पुस्तालाई सबल, एकतावद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम् लोकतान्त्रिक संस्कृति दिने संकल्प पनि आजैबाट गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको भन्दै यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर र राज्य तथा राष्ट्रनिर्माणको अभिभारा दिएको उल्लेख छ ।
यो दिन नेपाल र नेपालीको लागि ऐतिहासिक र गौरवमय दिन हो भन्दै पाैडेलले आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौं र यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरी एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएको स्मरण समेत गरेका छन् ।
“यो ऐतिहासिक दिनमा म गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्नुहुने आदरणीय शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, यहाँंसम्म आइपुग्न ठूलो त्याग र बलिदान गर्ने अग्रज नेताहरूप्रति सम्मान गर्न चाहन्छु, साथै, जेल, नेल र यातना सहने नेपाली दाजुभाइ तथा दिदीबहिनी, परिवर्तनका सारथी नागरिक र राजनीतिक दल सबैलाई अभिनन्दन गर्न चाहन्छु”सन्देशमा भनिएको छ ।
“जुन दिन गौरवपूर्ण परिवर्तको ओज र उज्यालोमा हामी प्रज्वलित भएका थियौं, त्यही क्षण, हामीले सम्पूर्ण नागरिक जीवनलाई लोकतान्त्रिक संस्कृतिको आलोकमा समुन्नत र अधिकारसम्पन्न बनाउने तथा नागरिकलाई खुसी दिने संकल्प गरेका थियौं, जुन संकल्पको अर्थ, ओज र गरिमालाई हामीले भुलेका छैनौ र, आजको दिनले हाम्रो त्यो संकल्पलाई पुरा गर्न अझ धेरै प्रतिवद्ध बनाउनेछ भन्ने मैले विश्वास लिएको छु”, सन्देशमा भनिएको छ ।


क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस