दाङको भालुवाङमा बस दुर्घटना हुदा १२ जनाकाे मृत्यु २३ घाईते
दाङ – दाङको भालुवाङमा बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १२ पुगेकाे छ । जसमध्ये ८ जनाको पहिचान भएकाे छ ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार परिचय खुल्नेहरुमा मकवानपुर हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाण्डौको चन्द्रागिरि नगरपालिका ५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय र बाँके नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेका छन् ।
अरु चार जनाको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । शवलाई लमहीको लमही अस्पतालमा राखिएको छ ।
नेपालगञ्जबाट काठमाण्डौका जाँदै गरेकाे भे १ ख ३९१२ नम्बरको रात्रि बस गएराति भालुवाङको राप्ती पुलबाट खसेको थियो । बस दुर्घटना परि २३ जना घाइते भएका छन् ।
घाइतेमध्ये ८ जनाको बाँकेको कोहलपुरकाे शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
अरु घाइतेको बुटवल र भालुवाङमा उपचार भैरहेको छ । बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण खुलिसकेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस