कांग्रेस नेता श्रेष्ठकाे अन्त्यष्टी , सभापति देउवाद्वारा श्रद्धाञ्जली

रामेछाप– नेपाली कांग्रेस रामेछापका नेता राजनारायण श्रेष्ठकाे बिहिवार पशुपति आर्यघाटमा अत्यष्टी गरिएकाे छ । श्रेष्ठलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पशुपति पुगेका थिए ।
श्रेष्ठकाे निधन मंगलबार भएकाे भएपनि छाेरी बिदेश भएका कारण छाेरी आइपुगे पछि बिहीबार मात्रै अन्त्यष्टी गरिएकाे हाे । श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन कांग्रेस महामन्त्री द्वय गगन थापा , विश्व प्रकाश शर्मा, पुर्व उपसभापति गाेपालमान श्रेष्ठ ,पुर्व महामन्त्री शशांक काेइराला , प्रकाशमान शिंह ,प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा, केन्द्रीय सदस्य नानू बास्तोला ,नेता प्रदिप पाैडेलले पुगेका थिए ।
त्यसैगरी नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) नेकपा माओवादी केन्द्रका नेता एंव पुर्व गृहराज्य मन्त्री श्याम श्रेष्ठ (कुशल) प्रदेश सांसद युवराज चाैलागाइ लगाएत श्रद्धाञ्जली दिन पशुपति पुगेका थिए ।
श्रेष्ठलाई श्रद्धाञ्जली दिन १५ सय भन्दा बढी कांग्रेसका नेता , व्यवसायी तथा शुभेच्छुकहरुकाे भिड लागेकाे थियाे । श्रेष्ठलाई श्रद्धाञ्जली दिन आइपुगेका नेताहरुले कांग्रेसले एक कुसल र असल नेतृत्व तथा संगठक गुमाएकाे भन्दै व्यक्त गरेका थिए भने पार्टीले अपुरणीय क्षेति बेहोर्नु परेकाे बताएका थिए । श्रेष्ठ सबैलाई मिलाएर लैजाने सक्ने , सबैका प्रिय थिए ।

नेपाली कांग्रेस रामेछाप – काठमाडौ सम्पर्क समितिकाे सभापति समेत रहेका श्रेष्ठको निधन मंगलबार राति हृदयघातबाट भएकाे हाे । उनलाई उपचारका लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको भएपनि उपचार हुन नसकेको नेपाली कांग्रेस प्रदेश सभा (ख) रामेछापका सभापति राजेश कुमार श्रेष्ठले जानकारी दिए ।
नेपाल विद्यार्थी संघबाट काँग्रेसको राजनीतिमा प्रवेश गरेका श्रेष्ठ दुई पटक नेपाली काँग्रेस रामेछापका जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएका थिए । उनि नेपाली काँग्रेस रामेछापको १४ औँ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लडेका थिए। गएको स्थानीय तहको निर्वाचनमा भने श्रेष्ठ खाँडादेवी गाउँपालिका वडा नं ५ मा वडाध्यक्षमा निर्वाचनमा भाग लिएका थिए ।
त्यस्तैगरि उनी लामाे समयदेखि फास्फुड तथा रेस्टुरेन्ट गर्दै आएका थिए । श्रेष्ठ फास्टफुड एसोसिएसन नेपालको पुर्व महासचिव एवं हालका सल्लाहकार समेत रहेका थिए । श्रेष्ठको परिवारमा श्रीमती, छाेरा र ४ छोरीहरु छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस