सिन्धुलीकाे बाेहाेरेटारमा यात्रुबाहक र माेटरसाइकल ठाेक्किदा दुइकाे मृत्यु

सिन्धुली – सुनकोशी गाउँपालिकामा -३ बोहोरेटारमा सोमबार बिहान यात्रुबाहक बस र मोटरसाइकल ठाेक्किदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मन्थलीबाट काठमाडौं तर्फ जाँदै गरेकाे बिपि बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको यात्रुबाहक बस र बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकल एक आपसमा ठाेक्किएर दुर्घट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।
दुर्घटनामा परि मृत्युु हुनेमा बा ६० प ३४४५ नम्बरको मोटरसाइकल चालक अन्दाजी २४/२५ बर्षका चालक र मोटरसाइकलमा सवार खोटाङ दिक्तेल नगरपालिका -१० बस्ने बर्ष १८ कि मुनाकला राईको घटस्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । मृत्यु भएका माेटरसाइकल चालककाे भने परिचय नखुलेकाे प्रहरीले जानकारी दिएकाे छ ।
मन्थलीबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बसका चालक मन्थली नगरपालिका -१३ बस्ने बर्ष २४ का रुपेश अधिकारीलाई ईलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- २ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ३ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ४ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
- ५ राज्यकाे काममा जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक :- राष्ट्रपति
- ६ शिक्षक आन्दोलनका कारण स्थगित कक्षा १२ काे परीक्षा आजबाट सुरु हुँदै
- ७ लुम्बिनी प्रदेशका पत्रकारलाई मिडियामा एआइको प्रयोग सम्बन्धी तालीम
- ८ शैक्षिक आन्दोलन र शिक्षक
प्रतिक्रिया दिनुहोस