• काेसिस न्यूज
  • प्रसाईं समुहले प्रहरीको घेराबार ताेडेर हिडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार


    काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समुहले प्रहरीकोकाे घेराबार ताेडेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। बल्खुमा आयोजित कार्यक्रममा प्रसाईँकाे सम्बोधन लगत्तै सिंहदरवार घेर्ने भन्दै प्रहरीको घेराबार ताेडेपछि प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

    बल्खुबाट कालिमाटीतिर आउने क्रममा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरिएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा समेत हानेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस