कृषि उत्पादन खरिद गर्नेलाई प्राेत्साहन रकम प्रदान गरिने
रामेछाप – कृषि ज्ञान केन्द्र रामेछापले कृषकले उत्पादन गरकाे कृषि उत्पादनहरु खरिद गर्नेलाई प्राेत्साहन रकम प्रदान गर्ने भएकाे छ ।
ज्ञान केन्द्रले शुक्रबार मन्थलीमा आयाेजना गरेकाे सार्वजनिक सुनुवाई कार्यक्रममा ज्ञान केन्द्र रामेछापका प्रमुख मीन बहादुर पुनले जानकारी दिएका छन् । कार्यक्रममा आर्थिक वर्ष २०८० -८१ काे कार्यक्रम सार्वजनिक गर्ने क्रममा रामेछापका किसानले उत्पादन गरेकाे कृषि उत्पादनलाई खरिद गरेर बजार व्यवस्थापन गर्न सहयाेग गर्नेलाई प्राेत्साहन रकम दिने कार्यक्रम रहेकाे प्रमुख पुन बताए । त्यसैगरि कार्यक्रममा कृषि क्षेत्रमा आएका कार्यक्रम, अनुदान र कृषकले सेवा प्राप्त गर्ने प्रकृयाका बारेमा जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिकि प्रमुख चिना खड्काले राज्यले गर्ने लगानि सहि ठाउँ र सहि तबरले गर्नुपर्ने बताएकी छिन् । उनले राज्यकाे लगानि खेर जनाने गरि र गुनासाे नआउने गरि काम गर्न पनि आग्रह गरिन ।
त्यसैगरि सहायक प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले कुनैपनि कार्यक्रम गर्न सकिएन भनेर कारण देखाउनु भन्दा कुनैपनि कारण नआउने गरि काम गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुले यश अघि अनुदान रकम दुरुपयोग भएकाे , कार्यक्रम स्थानिय , प्रदेश र संघकाे एउटै भएर डुब्लिकेसन हुने गरेकाे गुनासा गरेका थिए । त्यस्तै कृषि अनुदान दिदा वास्तविक किसान पहिचान गरेर दिनु पर्ने अनुदान लिएकाले कार्यक्रम प्रभावकारी भए नभएको भनी कडा निगरानी राख्नु पर्ने र अनुदान लिएर दुरुपयोग गर्ने र प्रभावकारी कार्यनयन नगर्नेलाई पुन: अनुदान प्रदान गर्न नहुने सुझाव राखेका थिए ।
कृषि ज्ञान केन्द्र रामेछापमा यसवर्ष चालुतर्फ ९ करोड ६४ लाख र पुँजीगत तर्फ ५ लाख ५० हजार गरी ९ करोड ६९ लाखको बजेट प्राप्त भएकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस