ईजरायलबाट २५० जना नेपाली नेपाल आउदै

काठमाडौँ – इजरायलबाट २५० जना नेपाली नेपाल आउनका लागि विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् ।
इजरायलकाे युद्धरत स्थानमा रहेकाे नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेका थिए । उक्त टाेली नेपाली लिएर राति नेपाल आइपुग्नेछ ।
इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसीप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् । स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले आवेदन दिएका छन् ।
इजरायलमा समस्यामा परेका नेपालीहरूको जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय सरकारले गरेको थियो । सोही आधारमा पहिलो चरणमा २५० नेपाली विद्यार्थी लिएर आज राति जहाज नेपाल आइपुग्न लागेका हाे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
- २ पुण्यमाता खोलामा पक्की पुल निर्माणको लागि शिलान्यास, स्थानीय हर्षित
- ३ कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन
- ४ पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण
- ५ दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी
- ६ कर दिवसमा नवजागरण बचत र ओम स्टोर्स सम्मानित
- ७ नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने
- ८ प्रसाईं समुहले प्रहरीको घेराबार ताेडेर हिडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रतिक्रिया दिनुहोस