नाेबेल शान्ति पुरस्कार जेलमा रहेकी इरानी अधिकारकर्मी माेहमदीलाई
यस वर्षको नोबेल शान्ति पुरस्कार जृल सजाए भाेगीरहेकी इरानकी मानव अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गरिने घाेषणा भएकाे छ ।
महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि उनलाई नाेबेल शान्ति पुरस्कार प्रदान गर्ने भएकाे हाे ।
उनी अहिले इरानको जेलमा छिन् । इरानको सरकारले मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकेकाे छ । यस्तै एक सय ५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ ।
नोबेल शान्ति पुरस्कार आउँदो डिसेम्बर १० मा वितरण गरिने छ । भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्विडेनमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ । नर्वेको संसद्ले नियुक्त गरेकाे पाँच सदस्यीय समितिले उक्त पुरस्कारका लागि छनाैट गर्दछ ।
यसरी प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा ९ लाख ९० हजार अमेरिकी डलर पाउँछन् । यदि एकभन्दा बढी विजेता भएमा त्यही रकम उनीहरूबीच भाग लगाइन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस