नाेबेल शान्ति पुरस्कार जेलमा रहेकी इरानी अधिकारकर्मी माेहमदीलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार जृल सजाए भाेगीरहेकी इरानकी मानव अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गरिने घाेषणा भएकाे छ ।
महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि उनलाई नाेबेल शान्ति पुरस्कार प्रदान गर्ने भएकाे हाे ।
उनी अहिले इरानको जेलमा छिन् । इरानको सरकारले मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकेकाे छ । यस्तै एक सय ५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ ।
नोबेल शान्ति पुरस्कार आउँदो डिसेम्बर १० मा वितरण गरिने छ । भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्विडेनमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ । नर्वेको संसद्ले नियुक्त गरेकाे पाँच सदस्यीय समितिले उक्त पुरस्कारका लागि छनाैट गर्दछ ।
यसरी प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा ९ लाख ९० हजार अमेरिकी डलर पाउँछन् । यदि एकभन्दा बढी विजेता भएमा त्यही रकम उनीहरूबीच भाग लगाइन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
- २ पुण्यमाता खोलामा पक्की पुल निर्माणको लागि शिलान्यास, स्थानीय हर्षित
- ३ कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन
- ४ पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण
- ५ दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी
- ६ कर दिवसमा नवजागरण बचत र ओम स्टोर्स सम्मानित
- ७ नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने
- ८ प्रसाईं समुहले प्रहरीको घेराबार ताेडेर हिडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रतिक्रिया दिनुहोस