राष्ट्रिय सुरक्षाको आयाम व्यापक भइसकेको छ: उपप्रधानमन्त्री खड्का

काठमाडौँ – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको बताए छ । सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षणका क्रममा मन्त्री खड्काले परम्परागत दृष्टिकोणबाट सुरक्षाकाे आयम व्यापक भएकाे बताएका हुन ।
यसैगरी निरीक्षणकाे क्रममा तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै मन्त्री खड्काले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिक लगायत सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पार्दै उनले भने “राष्ट्रिय सुरक्षाको आयाम सैनिक शक्तिलाई मात्रै आधार बनाइ बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिप्रेक्षमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवम् मानवीय पक्षलगायतलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ । यी विषयवस्तुलाई पनि तालिममार्फत तपाईंहरुले ग्रहण गर्नुहुनेमा विश्वास छ ।”

सो अवसरमा उपप्रधानमन्त्री खड्काले सैनिक कमाण्ड तथा स्टाफ कलेजलाई स्रोत र साधनको व्यवस्था गरी सर्वोत्कृष्ट शिक्षालयका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । त्यसैगरी तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै कलेजलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने सन्दर्भमा रक्षा मन्त्रालय सदैव सकरात्मक रहेको उल्लेख गरे ।
त्यस्तै उच्चस्तरीय तालिम सञ्चालनका लागि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा नआउँदासम्म यहाँ सञ्चालन गरिने तालिमले नै राष्ट्रिय सुरक्षामा टेवा पुग्नेमा विश्वास समेत व्यक्त गरे ।“तपाईंहरु भविष्यमा नेपाली सेनाको नेतृत्व तहमा पुग्नुहुनेछ,तसर्थ भविष्यमा तपाईंलाई प्राप्त हुने जुनसुकै जिम्मेवारी बहन गर्ने क्रममा यस तालिमको महत्वलाई राम्रोसँग अङ्गिकार गर्नुहुनेछ भन्नेमा विश्वस्त छु” मन्त्री खड्काले भने । त्यसैगरी अन्य सुरक्षा निकायबाट पनि उत्कृष्ट अधिकृतहरु सहभागी हुने हुँदा तालिमको महत्वलाई राम्रोसँग अङ्गिकार गर्न र आ- आफ्नो सङ्गठनमा उदाहरणीय रुपमा जिम्मेवारी बहन गर्न र आग्रह गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस