प्रेस चाैतारी रामेछापकाे साधारण सभा सम्पन्न,७ बुदे घाेषणा पत्र जारी
रामेछाप – नेपाल प्रेस चाैतारी रामेछापको १३ ओैं वार्षिक साधारण सम्पन्न भएकाे छ । मंगलबार मन्थलीमा सम्पन्न भएकाे साधारण सभाले ७ बुदे घाेषणा पत्र समेत जारी गरेकाे छ ।
साधारण सभाले जारी गरेको घोषणापत्रमा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई स्वागत गरेको उल्लेख गरेकाे छ । त्यस्तै पत्रकार महासंघ सदस्यता शुद्धीकरण मापदण्ड २०७९ कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । यसैगरी नेपाल पत्रकार महासंघ रामेछाप शाखालाइ शुद्धीकरण अभियान निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा हुनुपर्ने भन्ने कुरामा महासंघ नेतृत्वलाइ सभाले ध्यानाकर्षण गराएको जनाएको छ ।
यसै गरी प्रदेश तथा संघीय सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा पत्रकार हकहितका विषय नसमेटिएको पत्रकारकाे तलब सुविधा वृद्धि तथा क्षमता विकासका कार्यक्रम ल्याउन सभाले माग गरेको छ । स्थानीय सरकारले गरेका कामको अनुगमन गर्ने क्रममा तेस्रो आँखाका रूपमा रहेको पत्रकारिता क्षेत्रलाई बेवास्ता गरी अनुगमन कार्यमा संलग्न नगराइएको प्रति आपत्ति जनाउँदै स्थानीय सरकारहरूलाई थप उत्तरदायी, जिम्मेवार र पारदर्शी माग गरिएकाे छ ।
कार्यक्रममा नेकपा एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, सचिव तथा वाग्मती प्रदेश इन्चार्ज विष्णु तारुके, वाग्मती प्रदेश अध्यक्ष शरद सापकोटा,पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ लगाएतले शुभकामना राखेका थिए ।
कार्यक्रम प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्ययतामा चाैतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा मन्थलीमा भएको थियाे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस