• काेसिस न्यूज
  • लिखु २ आयोजनाको सुरुङ चुहावतपिडितलाई झन पिडित बनाउने प्रजिअको हर्कत : काँग्रेस


    रामेछाप । स्थानीय बासिन्दाको सहभागिता वेगर लिखु २ जलविद्युत आयोजनाका संचालक संग मात्र बसेर वार्ता गरेको भन्दै रामेछाप काँग्रेसले प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको हर्कत प्रति निन्दा प्रकट गरेको छ । पिडितलाई झन पिडा दिने गरी प्रजिअ निरौलाबाट भएको उक्त कार्य निन्दनिय भएको समेत काँग्रेसले आरोप लगाएको छ ।
    नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम) ले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारी निरौलाले सरोकारवाला लाई थाहै नदिई गुपचुप हाईड्रोका संचालक संग मात्र बसेर हाईड्रोलाई उन्मुक्ति दिने गरी आफु खुसी निर्णय गरेकोमा आपत्ति जनाइएको छ । उनले भोलीका दिनमा हाईड्रोका कारण उत्पन्न हुने कुनैपनि घटनाको जिम्मेवारी समेत प्रजिअ निरौलाले लिनु पर्ने विज्ञप्तिमा जनाइएको छ । प्रजिअ निरौलाले २० गते आयोजनाका संचालक संग वसेर समस्या समाधानको लागि निर्णय गरेकी वताइएको छ । यद्यपी उक्त निर्णय जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छैन् । प्रजिअ निरौलाले भने का“ग्रेसले लगाएको आरोप पुष्टि गर्न चेतावनी दिएकी छिन् ।
    श्रोतका अनुसार जिल्लाका सुरक्षा अधिकारी समेत सहभागि बैठकमा आयोजनाले सुरुङबाट पानी चुहिएर जोखिममा परेका मध्ये घरमा वस्नै नहुने अवस्थामा रहेका परिवारलाई तत्काल सुरक्ष्ँित स्थानमा बसोवासको प्रवन्ध गर्ने, यसअघी आयोजनाको तर्फबाट समन्वय र सम्पर्कमा नआएको घटना प्रति आत्माआलोचित हुने लगाएतका बुदा निर्णयमा समावेश गरीएका छन् । तर स्थानीयले भने उक्त निर्णय प्रति असहमति जनाउदै्र आफु लाई जानकारी नदिइ गरीएको उक्त निर्णय कार्यान्वयनमा शंका व्यक्त गरेका छन् । स्थानीयले आयोजनाका पदाधिकारीले यसअघी यस प्रकारका दर्जनौ निर्णय गरेको तर कार्यान्वयन नगरेको गुनासो गर्दै प्रजिअ निरौलाले हतारमा काम गर्दा आफुहरु फेरी पनि पिडितै वस्नु पर्ने अवस्थाको श्रृजना भएको स्थानीय राजेन्द्र घिमिरेले वताएका छन् ।
    लिखु २ जलविद्युत आयोजनाका लागि निर्माण भएको सुरुङ चुहिएर रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देलको पेकरनास वस्ती जोखिममा छ । उक्त सुरुङको पानी चुहिएर पेकरनासका ४२ परिवार जोखिममा छन् । गाउँमा जताततै पानीका ठुल्ठुला मुल फुटेकाले पहिरो वग्ने त्रासले स्थानीयमा रुवावासी भएको महिना दिन पुग्न लाग्दा आयोजनाका संचालकले चासो दिइरहेका छैनन् ।
    स्थानीयको हारगुहार पछि स्थलगत अनुगमनमा पुगेका गाउँपालिका अध्यक्ष शेरवहादुर सुनुवार,अरु जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी अनिता निरौला र सुरक्षा अधिकारी , जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्की , प्रतिनिधिसभाका सांसद पूर्णवहादुर तामाङ – कान्छाराम ) आयोजनाका संचालकहरु सम्पर्कमा नआएका मात्र नभै जिल्ला सदरमुकाममा आयोजना गरीएको छलफलमा बोलाउदा उपस्थित नभएर स्थानीयको माग प्रति वेवास्ता गरेपछि सर्वत्र आलोचना भइरहेको थियो ।
    आयोजनाबाट विद्युत उत्पादन गृहमा पानी पठाई परिक्षण गर्ने कार्यका लागि सुरुङमा पानी हालेपछि पेकरनासका भिरपाखा जताततैबाट पानी चुहिएको थियो । स्थानीय सुरुङका कारण पानी चुहिएको भन्दै आयोजनाले आफ्नो वस्ती स्थानान्तरण गरिनु पर्ने वताउदै आएका छन् भने आयोजना मुल फुटेको भन्दै स्थानीयको माग पुरा गर्ने तर्फ वेवास्ता गर्दै आएको छ । गाउंमा पहिरो वग्ने त्रास बढेकाले १ सय ७ परिवारको वसोवास रहेको उक्त क्षेत्रमा त्रास फैलिएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस