विकास आयोजना समयमानै सम्पन्न गर्न आग्रह
रामेछाप – शहरी विकास मन्त्रालयका सहसचिव प्रदीप परियारले मन्त्रालय अन्तरगत जिल्लामा संचालित आयोजनाहरु समयमानै सम्पन्न गर्न आग्रह गरेका छन् ।
‘विकास निर्माणमा देखा परेका समस्याहरुको निराकरण गरी तोकिएको अवधिमा लक्ष्य हासिल गर्न प्रयत्न गरौं ’ परियारले भने – मन्त्रालयले गर्नुपर्ने सहजिकरण हामी गर्छौ । विकास आयोजनाहरुको संचालनमा देखिएका विग्न बाधाहरु फुकाएर अघी बढनुपर्ने उनले वताए ।
मन्त्रालयबाट खटाइएको अनुगमन टोलीको नेतृत्व गर्दै आईतबार रामेछाप आएका परियारले सिन्धुली रामेछाप र दोलखाका विभिन्न विकास निर्माण आयोजनाको अनुगमन गरेका थिए । अनुगमनका क्रममा सघन शहरी विकास तथा भवन निर्माण आयोजना रामेछापबाट संचालित सघन शहरी, स्वास्थ्य भवन निर्माण र वस्ती विकास र पुननिर्माण तर्फका योजनाहरुको कार्य प्रगति, निर्माण रोकिनुका कारण र समस्या समाधानको विषयमा आयोजना स्थलमानै सरोकारवाला संग अन्तरक्रिया गरीएको थियो ।
अन्तरक्रियामा आयोजना प्रमुख प्रभाकरलाल कर्णले कार्यक्षेत्रमा रुग्न आयोजनाहरु नभएको, चालु आयोजनाहरु समयमानै निर्माण सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई अन्तिम मौका दिएको वताए । उनले निर्माण व्यवसायीले निर्माणको अवधि सहितको कार्यतालिका सहित पेश गरेर कार्य सुरु नगरे धरौटी तानेर कालोसूचिमा राख्ने तयारी थालिएको जानकारी दिएका थिए ।
कर्णले पुननिर्माणको लागि बजेट अप्रयाप्त भएको, प्राविधिक जनशक्तिको अपुग रहेको, निर्माण सम्पन्न भएका पुष्पलाल र विपी पार्कका संरचनाको व्यवस्थापनमा चुनौति देखिएको लगाएतका समस्यामा सहयोगको आग्रह गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त
- २ पिङ्खुरीका पुर्व वडाअध्यक्ष सहित ठुलाे संख्यामा एमाले परित्याग गर्दै कांग्रेस प्रवेश
- ३ टाेल – टाेलमा आयुर्वेद सेवा
- ४ रामेछापका कांग्रेस उमेदवार रामचन्द्रले सुरु गरे डिजिटल सुझाव संकलन’
- ५ निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायाे नेताहरू
- ६ नापी कार्यालय रामेछापको सेवा प्रवाहमा नयाँ अभ्यास, सेवाग्राहीले आफ्नाे आफै हेर्न सक्ने
- ७ पार्टीभित्रको एकता नै जितको आधार : रामचन्द्र खड्का
- ८ कांग्रेस बागमती प्रदेशकाे निर्वाचन युवा परिचालन समिति गठन















प्रतिक्रिया दिनुहोस