थप दुइ लाई पक्राउ पुर्जी
काठमाण्डौं । नक्कली शरणार्थी प्रकरणमा रामेछापका पूर्व सांसद आङटावा शेर्पा र पूर्व गृहमन्त्री रामवहादुर थापाका छोरा प्रतिक थापालाई पक्राउ पुर्जि जारी गरेको छ ।
प्रहरीले आईतवार उनीहरु दुवैलाइ पक्राउ पुर्जि जारी गरेको हो । भुटानी शरणार्थीलाई नेपाली नागरिक वनाएर अमेरीका पठाउने काममा सम्लग्न रहेको आशंकामा अनुसन्धानका लागि थुनामा रहेका पूर्व गृह सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामवहादुर थापाका राजनीतिक सल्लाहकार ईन्द्रजित राई लगाएतको वयानको आधारमा उनिहरुको समेत सम्लग्नता रहेको पाइएकोले पक्राउ पुर्जि जारी गरेको प्रहरीले जनाएको छ ।
यसअघी थापा पुत्र प्रतिकले भुटानी शरणार्थि प्रकरणमा आफ्नो सम्लग्नता नभएको जिकिर गर्दै त्यसमा आफ्नो नाम नजोड्नका लागि विज्ञप्ति मार्फत चेतावनी दिएका थिए । पूर्जि जारी गरेका दुवै जना आईतवार साँझ सम्म पक्राउ भने परेका छैनन् ।
पक्राउ परेकाको वयानको आधारमा प्रहरीले ४ दिन अघी पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरी हिरासतमा राखेको छ । अनुसन्धानका लागि पक्राउ गरेका १२ जनालाई प्रहरीले आईतबारनै थप ४ दिन थुनामा राख्नका लागि काठमाण्डौं जिल्ला अदालतबाट म्याद थप गराएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस