पानीमा डुबेर बालिकाको मृत्यू, युवक वेपत्ता

रामेछाप – रामेछापको मन्थली नगरपालिका ४ गैह्राथोका भक्तवहादुर बलम्पाखीकी १० बर्षिया छोरी महनकुमारी बलमपाखीको बुधबार पोखरीमा डुबेर मृत्यू भएको छ ।
घरमा कोहि नभएको मौका पारेर उनी आफ्नै घर नजिकैको सिंचाई पोखरीमा पसेकी थिईन । बालिका पोखरीमा डुबेको खवर पाउना साथ स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि सदरमुकाममा रहेको मन्थली अस्पतालमा उपचारार्थ पु¥याइएको थियो । अस्पतालमा उपचारको क्रममा अपरान्ह बालिकाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैविच बुधबारनै तामाकोशीमा पौडि खेल्ने क्रममा रामेछापको खाँडादेवि गाउँपालिका ४ कल्चुडेका २१ बर्षिय अनुज पौडेल वेपत्ता भएका छन् ।
भटौलीको मुगिटार नजिकबाट पौडि खेल्न तामाकोशीमा पसेका पौडेलको स्थानीय र सुरक्षाकर्मीले खोजि कार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमवहादुर पराजुलीका अनुसार उनको खोजि कार्यका लागि गोताखोरको सहायता आवश्यक देखिएको छ । शसस्त्र प्रहरी र नेपाल प्रहरीका विपत संग सम्बन्धीत सुरक्षाकर्मीले खोजि कार्य जारी राखेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस