पूर्वगृहमन्त्री खाँण पक्राउ

काठमाडौं – नेपाली कांग्रेसका नेता एंव पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार खाँडलाइ आफ्नै निवासबाट पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी अपराधमा मुछिएका खाँडलाइ प्रहरीले पक्राउ गरि प्रहरी परिसर टेकु लगिएको छ ।
खाँड गृहमन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए ।
खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमै राख्ने भन्नेबारे निर्णय लिइनसकेको बताएको छ । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस