गुणस्तरहित दुध विक्री गर्ने डेरी लाई जरिवाना

रामेछाप – दुधमा आवश्यक गुणस्तरको मात्रा नपुगेको पाइएपछि रामेछापको मन्थलीमा संचालनमा रहेका सबै डेरी लाई जरिवाना गरीएको छ । हाल सम्म मन्थलीका डेरी जरिवानामा परेका थिएनन् । डेरीले मनोमानी गरेको व्यापक गुनासोका आधारमा स्थानीय प्रशासनले शुक्रबार अनुगमन गर्दा डेरीले बजारमा पठाउने दुध गुणस्तरयुक्त नभएको पाइएको थियो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीमा रहेका अमृत डेरी, रामेछाप डेरी र चरञ्जिवी डेरीबाट उपभोक्तालाई विक्रीका लागि तयार पारिएको दुध शुक्रबार आकस्मिक रुपमा परिक्षण गराएको हाे । परिक्षणमा दुधमा न्यूनतम हुनु पर्ने फ्याट र सिएन एफ नभेटिएपछि मन्थलीमा संचालित तीन वटै डेरी कारवाहि परेकाे छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार उपभोक्ताको गुनासोको आधारमा पहिलो पटक मन्थलीका डेरी बाट विक्रीका लागि तयार भएको दुध परिक्षण गरीएको हो । परिक्षणमा न्यून गुणस्तरको दुध फेला परेकाले पहिलो पटक प्रत्येक डेरीलाई १५ हजारका दरले जरिवाना गरीएको हो । यस पछि पनि गुणस्तरको बारेमा गुनासो आएमा कडा कारवाहि गर्ने चेतावनि पनि प्रशासनले दिएको घिमिरेले वताए ।
रामेछापमा रहेका डेरीले केहि दिन अघी उपभोक्ताको हित प्रतिकुल हुने गरी दुध दहि, ध्यू को मूल्य वृद्धि गरेका थिए । उक्त मूल्य प्रति उपभोक्ताको गुनासो स्थानीय प्रशासनमा पुगेपछि सर्व पक्षिय भेला वसेर मूल्यमा पुनारावलोकन गरिएको थियो । डेरीले गाईको दुध प्रति लिटर १ सय र भैंसीको दुध प्रति लिटर १ सय २० रुपैया निर्धारण गरेका थिए ।
निमित्त प्रजिअको संयोजकत्वमा वसेको बैठकले गाईको दुधको मूल्यमा ५ रुपैया घटाउने निर्णय गरेको थियो । तर उपभोक्ताले भने उक्त मूल्य पनि अधिक रहेको गुनासो गर्दै आएका छन् । यस अघी गाईको दुध प्रति लिटर ८० रुपैया थियो । डेरीले किसानबाट प्रति लिटर ७४ रुपैयामा गाईको दुध खरिद गर्ने गरेका छन् । दुध विक्री गर्दा अधिक मूल्य तोकेपनि किसानले पाउने मूल्यमा वृद्धि नगरेकाले डेरी प्रति दुध विक्रेता किसान समेत रुष्ट रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस