सुशासन कायम गर्न समयकाे पालना गर्नुपर्छ :प्रजिअ निराैला

रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले सुशासन कायम गर्नका लागि समयकाे पुर्ण रुपमा पालना गर्नुपर्ने बताएकी छिन । गत बिहिवार प्रमुख जिल्ला अधिकारीकाे रुपमा हाजिर भएकी निराैलाले आइतबार पत्रकारहरुसँगकाे भेटघामा यस्ताे बताएकी हुन ।
निराैलाले सुशासनकाे विभिन्न मापदण्डहरु मध्ये समयकाे पालना पनि एउटा मुख्य मापदण्ड भएकाे बताउदै उनले सबैलाइ समयकाे पुर्ण रुपमा पालना गर्न आग्रह गर्दै आफुपनि समयकाे पुर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
त्यसैगरि कार्यक्रममा पत्रकारहरुकाे सुझाव तथा सल्लाहलाई सम्बाेधन गर्दै प्रजिअ निराैलाले जिल्लामा शान्ति सुरक्षा कायम राख्नका लागि सबै पक्षबाट सहयाेगकाे अपेक्षा गरेकाे बताइन् । त्यस्तै पत्रकारहरुलाइ तत्थ्यमा आधारित रहेर, समाचारकाे स्राेत खुलाएर मात्र समाचार लेख्न र भ्रामक हेडलाईन बनाएर समाचार नबनाउन पनि आग्रह गरिन ।
कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्लामा लेखा परेका संचालित हाइड्रोपावरले नागरिकलाई दु:ख दिने गरेकाे ,रामेछापबाट काठमाडौ जानेक्रममा सिन्धुली जिल्लामा निर्धारण गरेकाे समयसिमाका कारण यात्रुले व्यहोर्नु परेकाे समस्या, चाेरी, हत्या , हिंसा र आत्महत्या जस्ता समस्याकाे निराकरण गर्न जाेड दिनु पर्ने कुराहरु राखेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस