सुशासन कायम गर्न समयकाे पालना गर्नुपर्छ :प्रजिअ निराैला
रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले सुशासन कायम गर्नका लागि समयकाे पुर्ण रुपमा पालना गर्नुपर्ने बताएकी छिन । गत बिहिवार प्रमुख जिल्ला अधिकारीकाे रुपमा हाजिर भएकी निराैलाले आइतबार पत्रकारहरुसँगकाे भेटघामा यस्ताे बताएकी हुन ।
निराैलाले सुशासनकाे विभिन्न मापदण्डहरु मध्ये समयकाे पालना पनि एउटा मुख्य मापदण्ड भएकाे बताउदै उनले सबैलाइ समयकाे पुर्ण रुपमा पालना गर्न आग्रह गर्दै आफुपनि समयकाे पुर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
त्यसैगरि कार्यक्रममा पत्रकारहरुकाे सुझाव तथा सल्लाहलाई सम्बाेधन गर्दै प्रजिअ निराैलाले जिल्लामा शान्ति सुरक्षा कायम राख्नका लागि सबै पक्षबाट सहयाेगकाे अपेक्षा गरेकाे बताइन् । त्यस्तै पत्रकारहरुलाइ तत्थ्यमा आधारित रहेर, समाचारकाे स्राेत खुलाएर मात्र समाचार लेख्न र भ्रामक हेडलाईन बनाएर समाचार नबनाउन पनि आग्रह गरिन ।
कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्लामा लेखा परेका संचालित हाइड्रोपावरले नागरिकलाई दु:ख दिने गरेकाे ,रामेछापबाट काठमाडौ जानेक्रममा सिन्धुली जिल्लामा निर्धारण गरेकाे समयसिमाका कारण यात्रुले व्यहोर्नु परेकाे समस्या, चाेरी, हत्या , हिंसा र आत्महत्या जस्ता समस्याकाे निराकरण गर्न जाेड दिनु पर्ने कुराहरु राखेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस