होलीको रमाईलो सगैं चुनाव प्रचारमा महिला व्यवसायी

रामेछाप । रङ्गको पर्व होलिका दिन रामेछापका महिला व्यवसायीहरु एक अर्कामा होलिको शुभकामना दिदै रामेछाप उद्योग वाणिज्य संघको चुनाव प्रचारमा जुटेका छन् ।
रामेछाप उद्योग वाणिज्य संघको फागुन २७ गते हुने निर्वाचनमा महिला सदस्य पदमा प्रत्यासी जया सुवेदीको नेतृत्वमा महिला व्यवसायीहरुले मन्थली बजारमा प्रचार अभियानलाई पनि तिव्र पारेका छन् । होलीको शुभकामना दिदै महिलाहरुले नविन कुमार थापामगरको प्यानललाई मतदानका लागि मतदाता व्यवसायीहरुमा अनुरोध गर्दैछन् ।
महिला दिदीबहिनीहरुले होलीको रमाईलो सगैं रामेछाप उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा नविनकुमार थापामगरको संयुक्त व्यवसायिक प्यानललाई मत दिन आग्रह गरेको मन्थलीकी एक व्यवसायीले भनिन् । चुनाव प्रचारकै क्रममा सोमबार थापामगर सहितका अधिकांश उम्मेदवार भने धोवि, सिरीसे, ढाँडे, प्रिती, वाम्ती, देउराली चुचुरेका व्यवसायीलाई भेटघाट गर्न त्यस तर्फ लागेका छन् ।
निर्वाचन नजिकिदै जादा थापामगरको प्यानलले विभिन्न वजार केन्द्रमा प्रचार अभियानलाई तिव्रता दिएको छ । संघको नयाँ कार्यसमितिका १४ पदमा २८ जना उम्मेदवार दुई प्यानल वनाएर चुनावी प्रतिस्पर्धामा छन् । संघका कुल १ हजार ३ सय ८७ मतदाता रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस