होलीको रमाईलो सगैं चुनाव प्रचारमा महिला व्यवसायी
रामेछाप । रङ्गको पर्व होलिका दिन रामेछापका महिला व्यवसायीहरु एक अर्कामा होलिको शुभकामना दिदै रामेछाप उद्योग वाणिज्य संघको चुनाव प्रचारमा जुटेका छन् ।
रामेछाप उद्योग वाणिज्य संघको फागुन २७ गते हुने निर्वाचनमा महिला सदस्य पदमा प्रत्यासी जया सुवेदीको नेतृत्वमा महिला व्यवसायीहरुले मन्थली बजारमा प्रचार अभियानलाई पनि तिव्र पारेका छन् । होलीको शुभकामना दिदै महिलाहरुले नविन कुमार थापामगरको प्यानललाई मतदानका लागि मतदाता व्यवसायीहरुमा अनुरोध गर्दैछन् ।
महिला दिदीबहिनीहरुले होलीको रमाईलो सगैं रामेछाप उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा नविनकुमार थापामगरको संयुक्त व्यवसायिक प्यानललाई मत दिन आग्रह गरेको मन्थलीकी एक व्यवसायीले भनिन् । चुनाव प्रचारकै क्रममा सोमबार थापामगर सहितका अधिकांश उम्मेदवार भने धोवि, सिरीसे, ढाँडे, प्रिती, वाम्ती, देउराली चुचुरेका व्यवसायीलाई भेटघाट गर्न त्यस तर्फ लागेका छन् ।
निर्वाचन नजिकिदै जादा थापामगरको प्यानलले विभिन्न वजार केन्द्रमा प्रचार अभियानलाई तिव्रता दिएको छ । संघको नयाँ कार्यसमितिका १४ पदमा २८ जना उम्मेदवार दुई प्यानल वनाएर चुनावी प्रतिस्पर्धामा छन् । संघका कुल १ हजार ३ सय ८७ मतदाता रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस