• काेसिस न्यूज
  • रामेछाप उद्योग वाणिज्य संघ निर्वाचन
    थापामगर प्यानलको २५ बुंदे प्रतिवद्धता


    रामेछाप । रामेछाप उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वको लागि प्यानल वनाएर चुनावी मैदानमा उत्रिएको नविनकुमार थापामगरको टिमले आक्रामक चुनावी नारा अघी सारेको छ ।
    संघले यस अघी नउठाएको विषय व्यवसायीको विमा, संघको कार्यालयमा राजश्व काउण्टर स्थापना र जिल्लाका होटलहरुको स्तरिकरण गरी व्यवसाय प्रवद्र्धन गर्ने योजना उक्त प्यानलले अघी सारेको छ ।
    आईतबार साँझ पत्रकार सम्मेलन गरी अध्यक्ष पदका उम्मेदवार नविन कुमार थापामगरले उक्त विषयहरु समेत समेटेर २५ वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । रामेछाप उद्योग वाणिज्य संघको इतिहासमा धेरै भन्दा धेरै व्यवसायीक मुद्धा सहितको वृहत प्रतिवद्धता आएको यो पहिलो पटक हो । यसअघी सामान्य कुरा लाई मात्र चुनावी मुद्धा वनाएर व्यवसायीहरु चुनावी अभियानमा लाग्ने गरेका थिए ।
    थापामगरले वजारको फोहोर मैला, पार्किङ, फुटपाथ व्यवस्थापन गर्ने कुरा प्रतिवद्धतामा समेटेका छन् । त्यसका अतिरीक्त केहि बर्ष देखि रोकिएको मेला मोहत्सवको आयोजना गर्ने, जिल्लामा उप्पादित सामाग्रीको बजारीकरणमा सहयोग गर्ने, व्यवसायीहरुलाई बैंक तथा वित्तिय संस्थाबाट लगाईने व्याजदरमा परिमार्जनका लागिु पहल गर्ने, व्यवसायीलाई मनोसामाजिक परामर्श उपलव्ध गराउने, कर भ्याट जस्ता विषयहरुमा सवैलाई जानकार वनाउनका लागि तालिमको आयोजना गर्ने, कर भ्याटको विवरण निशूल्क प्रविष्टीको व्यवस्था मिलाउने लगाएतका प्रतिवद्धता अघी सारेका छन् ।
    त्यसैगरी रामेछापमा आउने आन्तरिक र वाह्य पर्यटकलाई एक दिन सम्म बसाई लम्बाउनका लागि आवश्यक पूर्वाधारको विकासका लागि सरोकारवाला संग मिलेर कार्य गर्ने, जिल्लाका व्यवसायीले विपी राजमार्गमा खेप्नु परेको ढुवानी समस्याको समाधानको लागि पहल गर्ने, नाप तौललाई व्यवस्थित गर्ने, स्वस्थ्य खाद्यान्न उपभोक्ताहरुकोमा पु¥याउने र चर्को घरभाडा घटाउनका लागि घरधनि संग समन्वय गर्ने प्रतिवद्धतामा उल्लेख गरीएको छ ।
    प्रतिवद्धता सार्वजनिक गर्ने कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेले थापामगरको टिमले अघी सारेको प्रतिवद्धता पुरा गर्न आफ्नो समेत प्रयास हुने उल्लेख गरे । उनले अध्यक्ष पदको उम्मेदवारी आईतबार मात्र फिर्ता लिएका थिए । उनी प्रचार अभियान थापामगरको टिमलाई लिएर आईतबारबाटै व्यवसायीको घर दैलोमा लागेका छन् ।
    रामेछाप उद्योग वाणिज्य संघको विभिन्न पदमा २१ बर्ष देखि कार्य गर्दै आएका थापामगर हाल बरिष्ट उपाध्यक्ष छन् । उनले संघको व्यवसायीक र भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएका छन् । थापामगर लगाएत उनको प्यानलका अधिकांश उम्मेदवार व्यवसायीक क्षेत्रमा रहेर बर्षौ देखि कार्य गर्दै आएका छन् ।
    थापामगरको प्यानलमा बरिष्ट उपाध्यक्षमा प्रकाश श्रेष्ठ, उपाध्यक्ष उद्योगमा आकाश रिजाल , बाणिज्य तर्फको उपाध्यक्षमा रामसुदिस साह, महासचिवमा कुमार श्रेष्ठ, कोषाध्यक्षमा झनकवहादुर (उत्तम) बुढाथोकी उम्मेदवार रहेका छन् । यसैगरी सदस्यहरुमा प्रमोद श्रेष्ठ, जया सुवेदी,अर्विन श्रेष्ठ, बाशुदेव फुयाँल, राजु श्रेष्ठ ( विजय ) श्यामकुमार श्रेष्ठ र हरेराम क्षेत्री उम्मेदवार छन् । उनिहरुलाई नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र संग विचार राख्ने व्यवसायीको साथ रहेको छ ।
    संघको अध्यक्ष पदमा प्रत्यासी अर्का उम्मेदवार नबराज ढुंगेलले समेत प्यानल वनाएर चुनावी प्रचार प्रचार थालेका छन् । संघको महासचिव रहेका ढुंगेलको प्यानलमा बरिष्ट उपाध्यक्ष सुमिका श्रेष्ठ, उपाध्यक्ष चन्द्र मानन्धर, रामहरी उप्रेति, महासचिवमा सुरेश उदास र कोषाध्यक्षमा सरोजकुमार तामाङ लगाएत चुनावी मैदानमा छन् । ढुंगेल पक्षधर व्यवसायीहरुलाई नेकपा एमाले प्रति विश्वास राख्ने व्यवसायीहरुको साथ रहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस