• काेसिस न्यूज
  • महाबु गाउँपालिका अध्यक्ष गुरुङकाे निधन


    दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको निधन भएको छ। शुक्रबार बिहान गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

    गरुङलाइ बिहीबार मुटुमा दुखाइ बढेपछि सदरमुकाम स्थित मेडिकलमा ल्याइएको थियो । मेडिकले समस्या छैन भनेपछि बिहीबार राति नै गुरुङ घर फिर्किएका थिए ।

    शुक्रबार बिहान फेरि मुटु दुखेपछि गुरूङलाई सदरमुकाम ल्याइएको थियो ।अस्पताल लैजाने क्रममा बाटाेमा गुरुङलाई हृदयघात भएको थियाे ।

    शुक्रबार बिहान ११ बजेर ३६ मिनेटमा अस्पतालले गुरुङलाई मृत घोषणा गरेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

    २०७९ को स्थानिय तहकाे निर्वाचनमा गुरुङ नेपाली कांग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । ७५ वर्षीय गुरूङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य हुन्।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस


    थप समाचार