महाबु गाउँपालिका अध्यक्ष गुरुङकाे निधन

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको निधन भएको छ। शुक्रबार बिहान गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
गरुङलाइ बिहीबार मुटुमा दुखाइ बढेपछि सदरमुकाम स्थित मेडिकलमा ल्याइएको थियो । मेडिकले समस्या छैन भनेपछि बिहीबार राति नै गुरुङ घर फिर्किएका थिए ।
शुक्रबार बिहान फेरि मुटु दुखेपछि गुरूङलाई सदरमुकाम ल्याइएको थियो ।अस्पताल लैजाने क्रममा बाटाेमा गुरुङलाई हृदयघात भएको थियाे ।
शुक्रबार बिहान ११ बजेर ३६ मिनेटमा अस्पतालले गुरुङलाई मृत घोषणा गरेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
२०७९ को स्थानिय तहकाे निर्वाचनमा गुरुङ नेपाली कांग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । ७५ वर्षीय गुरूङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य हुन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस