त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन् । थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिएकाे आधारमाठाकुरलाइ निलम्बन गरिएकाे हाे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाले एक विज्ञप्ति जारी गर्दै ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको उल्लेख गरेकाे छ ।
सो विषयमा जाँचबुझ गर्ने क्रममा महाप्रबन्धकलाई पदबाट निलम्बन गर्न लेखी पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी विज्ञप्ति मार्फत उक्त विषयमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ समेत आग्रह गरिएकाे मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार केसिले जानकारी दिएका छन् ।
महाप्रबन्धक ठाकुर दुई वर्षदेखि विमानस्थलको प्रमुखका रुपमा कार्यरत थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस