गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
रामेछाप – रामेछाप जिल्लाको गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने गुम्देलमा ३ दिन देखि भिषण डढेलो लागिरहेको छ । स्थानीय बासिन्दा र सेना प्रहरी लाग्दा समेत डढेलो नियन्त्रणमा आउन सकेको छैन । चामरुको जङ्गलबाट आईतवार देखि डडेलो लाग्न थालेको थियो ।
डढेलो नियन्त्रणका लागि सवै प्रयास भएपनि भिरालो जमिन र घना जङ्गल भएकाले कठिनाई भएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले वताएका छन् । ‘हामीले नेपाली सेना, प्रहरी, बनका कर्मचारीहरु र स्थानीय बासिन्दाको सहयोग लिएर आगो निभाउने प्रयास गरीरहेका छौं ’ जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका रेग्मीले भने – तर सकिएको छैन, प्रयास जारी छ । स्थानीय समेत करिव १ सय ५० जना डढेलो निभाउनका लागि मंगलबार अपरान्ह सम्म जंङ्गलमा जुटिरहेका छन् ।
डढेलोे लागिरहेको स्थानमा वस्ती छैन । तर तत्काल निभाउन नसकेमा सानो वाल्दिङ, चामरु र ज्यादे कुडारमा डढेलो पुग्ने अवस्था रहेको स्थानीय रोकट वस्नेतले वताएका छन् । उनले डढेलो लागेको क्षेत्रमा दुर्लभ मानिएका रेडपाण्डा लगाएतका जिवजन्तुको वासस्थान रहेको वताए । केहि चौरी र भेडिगोठ समेत उक्त क्षेत्रमा रहेका छन् ।
चामरु बाट डढेलो सुरु हुना साथ स्थानीय र नजिकैको बाम्तीबाट प्रहरी पुगेको थियो । तर सुख्खा पतझर पाखोमा डढेलो तिव्र रुपमा फैलिएकाले नियन्त्रणको प्रयास सफल भएन । सोमबार ग्लोबल हाईड्रोमा रहेको नेपाली सेनाको टुकडी समेत परिचालन गरी डढेलो निभाउन कोशिस गरीएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक होमवहादुर पराजुलीले सोमबार सा“झ नियन्त्रण हुने अवस्थामा पुगेको डढेलो मंगलबारबाट थप क्षेत्रमा फैलिएको वताए । उनले अहिले उक्त क्षेत्रमा अनियन्त्रित रुपमा डढेलो फैलिएको जानकारी दिए । ‘अझै पनि हाम्रो प्रहरी डढेलो लागेको क्षेत्रमा अग्नी रेखा वनाउने प्रयासमा रहेको तर आगो जताततै फैलिएकोले भिरको माथि बसेर अग्नी रेखा वनाउन सकिरहेको अवस्था छैन ’ पराजुलीले भने ।
उमाकुण्ड १ गुम्देलको वडा कार्यालयले चामरुको जंगलमा लागेको डढेलो निभाउन नसकिएकोले आफ्नो सुरक्षा आफै गर्नका लागि सूचना जारी गरेको छ । वडा अध्यक्ष ङावा तिण्डु शेर्पाले सूचना जारी डढेलो नियन्त्रण बाहिर गएको जनाएका छन् । डढेलो वस्ती नजिक पुगे गुम्देलका ३२ परिवार जोखिममा पर्नेछन् ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख मधु क्षेत्रीले डढेलो निभाउन संरक्षण क्षेत्र लगाएत सवैको प्रयास भएपनि हावा लागिरहेकोले थप क्ष्ँेत्रमा डढेलो फैलिएको वताए । उनले स्थानीयको समेत प्रयासमा कठिन भू बनौटमा वनाइएको अग्नी रेखा पार गरेर डढेलो अरु क्षेत्र तर्फ फैलिएको जनाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस