अख्तियारमा मुद्धा चलाउने विषयमानै राजनिती हुन्छ ः समन्वय प्रमुख कार्की

रामेछाप । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परेका उजुरीहरु निष्पक्ष भएर छानविन गर्नुपर्नेमा त्यसो नभएर छानविनमानै राजनीति हुने गरेको जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले दावि गरेकी छिन् ।
‘अख्तियारमा उजुरी दर्ता गर्न, अनुसन्धान गर्न, मुद्धा दायर गर्नमै राजनीति हुदै आएको छ’ खड्काले मन्थलीमा आयोग द्धारा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा भनिन – आफ्ना परे परेनन् भनेर मुद्धा हेर्दा धेरै मुद्धाका दोषिले उन्मुक्ति पाएका छन् । ‘को कसको भन्ने कुराको मतलव नगरी निर्मत तवरले कारवाहि गर्ने हो भने यतिधेरै भ्रष्टाचारजन्य काम हुदैन’ कार्कीले भनिन् । उनले भ्रष्टाचारीलाई जोगाउने भन्दा पनि नाकेडांडी भाँचिने कार्वाही गर्दा अरुले भ्रष्टाचार गर्न डराउने वातावरण वन्ने वताईन । जिल्लामा सार्वजनिक सुनुवाईको अभ्यास कमजोर भएकोले पनि सुशासन कायम गर्नका लागि कठिनाई भएको उनको जिकिर थियो । योजनाको भुक्तानी भईसकेपछि सरकारी निकायले गर्ने अनुगमनको अर्थ नहुने पनि उनले दावि गरीन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आयोगका सहसचिव भोला दाहालले गत आर्थिक बर्षमा आयोगमा अघिल्लो बर्षबाट सरेर आएका समेत २४ हजार ३ सय ३१ उजुरी परेकामा १७ हजार १ सय ६९ फछ्र्यौट भएको उल्लेख गरे । दाहालले आयोगले एक बर्षको अवधिमा १ सय ३१ वटा मुद्धामा प्रतिवादी विरुद्ध दोषि किटान गरी विशेष अदालतमा मुद्धा दायर गरेको र चालु आर्थिक बर्षमा ६१ वटा मुद्धा थप दर्ता भइसकेको वताए । अर्का सहसचिव गोपाल प्रसाद अधिकारीले अख्तियारमा पर्ने करिव ७० प्रतिसत मुद्धा स्थानीय तह संग सम्बन्धीत रहेको तथ्य प्रष्ट पारे । स्थानीय तह पछि संघ र थोरै मुद्धा प्रदेशका आउने गरेको उनले वताए । कार्यक्रममा अख्तियारमा मुद्धा पर्दैमा कोहि आत्तिन नहुने भन्दै दोषि देखिने क्रियाकलाप नगरे अख्तियारले कोहि कसैलाई विना कसुर दोषि ठहर गरी मुद्धा नचलाउने उनिहरुले वताएका थिए । तर कार्यक्रममा सहभागि केहिले भने अख्तियारले ठुला माछा लाई छोडेर साना माछा लाई मात्र कारवाहि गरेको किन ? भनेर प्रश्न गरेका थिए ।
आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भ्रष्टाचार जन्य क्रियाकलाप र त्यसका विभिन्न आयामहरुबा बारेमा जिल्लाका सरोकारवालाले सवाल उठाएका थिए । उक्त सवालहरुको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी र आयोगका अधिकारीहरुले आयोगको दायरा र अनुसन्धान प्रकृयामा देखिएका दृष्टान्तहरुको चर्चा गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे छ : राज्यमन्त्री तामाङ
- २ काम गर्नेहरूलाई हावादारि गफ गर्नेसँग तुलना नगराैं : उपप्रधानमन्त्री सिंह
- ३ प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्दै
- ४ हिमाल ढुङ्गेलकाे नेतृत्वमा रामेछापमा सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) गठन
- ५ प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक
- ६ सरस्वती पुजाका अवसरमा कालिदेवी आविमा विविध कार्यक्रम
- ७ मन्थली बचतले स्थापना दिवसमा १ सय सदस्यलाई दिए विद्युतिय चुलाे
- ८ शिक्षक संघद्वारा एसइइमा उत्कृष्ट अंक लाउन सफल १६ विषय शिक्षक सम्मानित
प्रतिक्रिया दिनुहोस