म माथि लागेको आरोप निराधार ः ठुलोकान्छा

सविनकुमार श्रेष्ठ ।

रामेछाप । रामेछापको सुनापति गाउंपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले सोहि गाउंपालिकाकाका ७१ बर्षिय कमलवहादुर तामाङ लाई कुटपिट नगरेको प्रष्ट पारेका छन् ।
म उनको घरमा पुगेको हो , सामान्य भनाभन भएको थियो तामाङले भने – मैले उनलाई कुटपिट त के छोएको सम्म छैन । यस अघीको कार्यकालमा वडा अध्यक्ष भएर स्थानीय विच लोकप्रिय भएकै कारण पालिकामा अध्यक्ष टिकट पाएका ठुलोकान्छा तामाङले भने – म संवेदनशिल छु, पालिकाको अध्यक्षले कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको हेक्का राखेर काम गर्छु ।
यसअघी कमलवहादुर तामाङबाट आफुलाई विभिन्न समयमा गालि गलौज गरेकोमा उक्त विषय माथि बुधबार भएको घेटमा सो विषयमा कुरा राखेको वताए । मलाई गालिगलौजको कारण मागेको थिए, त्यसैलाई अतिरंजित वनाएर कुटपिट गरेको भन्ने प्रचार भयो तामाङ भने – जुन सरासर झुटो हो ।
सुनापति गाउंपालिकामा वसोवास गर्ने सवैको हितमा हुने योजनाको छनौंट , निर्माण कार्यमा गुणस्तरियता र पारदर्शिता सहित कार्य गर्ने सिलसिलामा तामाङ माथि विभिन्न आरोपहरु लगाइने गरीएको छ । विकासको रकम त्यसै पचाउने खोज्ने हरु अध्यक्ष माथि खनिएका मात्र हुन, पालिकाका अध्यक्षबाट कोहि कसैलाई कुटपिट गर्ने खालको व्यवहार हुदै सक्दैन स्थानीय वताउछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस