बलेरो दुर्घटनामा परि ११ घाईते, तीनको अवस्था गम्भिर
रामेछाप – रामेछापको उमाकुण्ड ७ भुजिमा शनिबार अपरान्ह बलेरो दुर्घटनामा परी ११ जना घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर छ । उनिहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोशी गाउंपालिका १ दुरागाउबाट उमाकुण्ड ७ भुजि जादै गरेको बा ११ च ७५९२ नम्बरको उक्त बलेरो एकराते पहरा फास्तुमा दुर्घटनामा परेको थियो । कच्चि सडकमा अनियन्त्रीत भई करिव ५० मिटर झरेको बलेरोमा यात्रा गर्ने सवै घाईते भएका छन् ।
प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार घाईते हुने मध्ये लिख तामाकोशी १ का वडा सदस्य विमल सुनुमवार , दुरागाउकै विमला सुनुवार र राजकुमार थापालाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाइएको छ । नाम नखुलेका अन्य ४ जना घाईतेलाई गाडि मार्फत काठमाण्डौं तर्फ पठाइएको र अन्य ४ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ पक्षघातका बिरामीलाई निःशुल्क ओैषधी उपलब्ध गराइने
- २ जिल्ला अस्पताल रामेछापमा एकै दिन १ सय ४५ ले लिए विशेषज्ञ सेवा
- ३ विधि प्रकृया र प्रचलित कानुन बमोजिम काम गर्छाै : प्रजिअ पाैडेल
- ४ प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना
- ५ रुद्राक्ष समाजद्वारा शैक्षिक सामग्री वितरण
- ६ लोकतान्त्रिक खेलकुद संघ रामेछापकाे अध्यक्षमा पाैडेल
- ७ टिफरबाट खसेर घाइते युवककाे मृत्यु
- ८ मानवीय रिपोर्टिङ सम्बन्धि तालिम
प्रतिक्रिया दिनुहोस