बलेरो दुर्घटनामा परि ११ घाईते, तीनको अवस्था गम्भिर
रामेछाप – रामेछापको उमाकुण्ड ७ भुजिमा शनिबार अपरान्ह बलेरो दुर्घटनामा परी ११ जना घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर छ । उनिहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोशी गाउंपालिका १ दुरागाउबाट उमाकुण्ड ७ भुजि जादै गरेको बा ११ च ७५९२ नम्बरको उक्त बलेरो एकराते पहरा फास्तुमा दुर्घटनामा परेको थियो । कच्चि सडकमा अनियन्त्रीत भई करिव ५० मिटर झरेको बलेरोमा यात्रा गर्ने सवै घाईते भएका छन् ।
प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार घाईते हुने मध्ये लिख तामाकोशी १ का वडा सदस्य विमल सुनुमवार , दुरागाउकै विमला सुनुवार र राजकुमार थापालाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाइएको छ । नाम नखुलेका अन्य ४ जना घाईतेलाई गाडि मार्फत काठमाण्डौं तर्फ पठाइएको र अन्य ४ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस